•  

    मोरङ । पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज (सुक्रबार) भएको खेलमा शसस्त्र प्रहरी बेस क्याम्प (एपीएफ) झापालाई ट्राइब्रेकरमा पराजित गर्दै साबिक बिजेता लेटाङ फुटबल क्लब मोरङ प्रतियोगिताको दोस्रो चरणमा प्रवेस गरेको छ ।

    खेल अवधिभर गोल रहित बराबरी भएपछी निर्णयको लागि भएको ट्राइवेकर ५-४ गोल अन्तरले लेटाङ विजयहुँदै प्रतियोगिताको दोस्रो चरणमा प्रबेस गरेको हो । लेटाङका खेलाडिहरु मनि राई, यमन मगर, भुवन राई, अनिमेश श्रेष्ठ र गोल रक्षक समेत रहेका अन्जेत श्रेष्ठले गोल गरेका थिए ।

    अपीफका खेलाडी विशाल मग्राती, युबराज श्रेष्ठ, रोसेस श्रेष्ठले गोल गरेपनी रबिन खडकाले प्रहार गरेको गोल पोस बाहिरिएपछी पराजय स्वीकार गर्नु परेको थियो । खेलको म्यान अफ दि म्याच लेटाङको गोल रक्षक अन्जेत श्रेष्ठ घोषित भए ।

    भोलि (शनिवार)को खेल दमक फुटबल एकेडमी झापा र डाँगिहात फुटबल क्लब बेलबारी मोरङवीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए ।

    यस अघिको खेलमा मोरङ उर्लाबारी र धरान प्रतियोगिताको सेमि फाइनलमा प्रबेस गरिसकेको छ ।

    प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १११ र दोस्रो हुनेलाई ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्रले प्रदान हुनेभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…