• कात्तिक १, २०७६ काठमाडौं : गैर आवासीय नेपाली संघको नवौं सम्मेलनमा कुमार पन्तसँग अध्यक्ष पदमा पराजित भएपछि कूल आचार्यले धाँधली भएको गुनासो गरेका छन्। चुनावी परिणाम आएपछि हार स्वीकार्दै उनले आफूलाई हराउन बेलायतदेखि नै षड्यन्त्र गरिएको पनि जिकिर गरेका छन् ।

     

    शुक्रबार दिउँसो निकालिएको एक प्रेव वक्तव्यमा उनले निर्वाचन प्रक्रिया सुरु भएपछि एनसीसी बेलायतमै विवादमा फसाउन खोजिएको जनाउँदै आफूलाई हराउन काठमाडौंको सचिवालयमा व्यापक अनियमितता भएको जिकिर गरेका छन्। उनले पन्तलाई जिताउनका लागि अन्तिम मतदाता नामावली प्रकाशन नगरि उम्मेदवारी दर्ता गरिएको पनि दाबी गरेका छन्। 'धेरै फर्जी मतदाता तयार गरियो।

     

    चुनाव भइसकेपछि खसेको मतको विवरण सार्वजनिक गरिएन। बिनामुचुल्का मतगणना सुरु गरियो। बहालवाला निर्वाचित जनप्रतिनिधि जापानको प्रतिनिधि बनेर मतदान गरेको भेटियो', उनले भने, 'नेपाल फर्किसकेका सयौं व्यक्तिलाई मतदाता नामावलीमा समावेश गरी मतदान गर्न लगाइयो। यी सबै अनियमतिता सहँदै, ठूलो छाती बनाएँ।

     

    कानुनी प्रक्रियामा जान सक्ने हुँदा पनि एनआरएनएको बृहत्तर हितका लागि यो परिणाम स्वीकार्छु।' उनले यो निर्वाचन हारे पनि भविष्यमा एनआरएनएमा अझै सक्रिय हुने बताए। उनले सबै काम अनियमित ढंगले अघि बढाइएको जिकिर गरेका छन्।

     

    'सबै कामहरु रातरात अनियमितरुपले अगाडि बढाइयो। सदस्यता रजिस्ट्रेशनमा चरम अनियमितता गरिएको बताउन चाहन्छु', उनले अगाडि थपे,'नियमसंगत हुनु पर्ने काममा अनुनय विनय गर्नुपर्ने अवस्था आयो। फेरि पनि संस्थाको बृहत् हितलाई ध्यानमा राखेर मैले संयम अपनाएँ।' उनले सबै एनआरएनलाई समेट्ने गरी बलियो गैरआवासीय नेपाली संघ बनाउने आफ्नो प्रयासलाई निरन्तरता दिने उल्लेख गरे।

     

    'यो अभियानमा मलाई साथ र समर्थन दिनु हुने सबै मित्रहरु तथा अग्रजहरू प्रति म हार्दिक आभार व्यक्त गर्दछु', उनले भनेका छन्, 'हाम्रोतर्फबाट केही कमी, कमजोरी भएको भए साथीहरुसँग क्षमायाचना गर्दछु। आगामी दिनमा पनि तपाईं सबै साथीहरुको यसै गरी माया र सहयोग पाइरहने विश्वास लिएको छु।' उनले निर्वाचित अध्यक्ष कुमार पन्त लगायतलाई बधाई पनि दिएका छन्। कार्यकाल सफलताको शुभकामना दिँदै उनले चुनावी अभियानमा सघाउने सबैप्रति आभार व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…