• डोटी । राष्ट्रिय जनमोर्चा डोटीका उपाध्यक्ष मीनबहादुर मलासी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पवेश गरेपछि जनमोर्चाले मलासीलाई कारवाही गरेको छ ।

    जनमोर्चा डोटीका अध्यक्ष बेणीमाधव जोशीद्वारा आज जारी विज्ञप्तिमा आफ्ना उपाध्यक्षले पार्टीहित विपरित कार्य गरेकाले अनिश्चित कालका लागि पार्टीबाट निष्कासन गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “उपाध्यक्ष मीन मलासीले पार्टीको हितविपरित काम गरेकाले अनिश्चित कालका लागि पार्टीबाट निष्काशन गरिएको छ ।”

    जनमोर्चाका पूर्वउपाध्यक्ष मलासीले ९नेकपा० का स्थायी कमिटी सदस्य लेखराज भट्टको हातबाट बुधबार टीका लगाएर पार्टी प्रवेशको घोषणा गर्नुभएको थियो । मलासीसँगै उक्त पार्टीका जिल्ला कमिटी सदस्य सिद्धराज बिकसहित एक दर्जन जनमोर्चाका कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीको बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कलमबहादुर गडसिला ‘ऐनान’ ले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…