तेह्रथुम, २ कार्तिक । तेह्रथुमको आठराई संक्रान्तिबजार-खाम्लालुङ सडकखण्ड व्यक्तिगत लगानी स्तरोन्नति भएको छ । आठराई गाउँपालिका-२, खाम्लालुङका वडा अध्यक्ष दिलकुमार पाहिमको व्यक्तिगत लगानीमा १३ किलोमिटर सडक स्तरोन्नति भएको हो ।
अाठराई-म्याङ्लुङ सडक अन्तर्गत संक्रान्तिबजार देखि खाम्लालुङ छोटिबजार हुदै कोयाखोला खण्डको स्तरोन्नति गरिएको वडा अध्यक्ष पाहिमले बताउनुभयो । कच्ची सडक भएकाले वर्षायाममा यस क्षेत्रमा सवारीसाधन आवतजावतमा कठिनाइ हुदा स्थानीयलाई सास्ती हुदै आएको थियोे ।
वडा अध्यक्षले सडकको स्तरोन्नति गरेपछि स्थानीय र सवारीसाधन चलाउन सहज भएको स्थानीय विष्णु खनालले बताउनुभयो ।