• कात्तिक २, २०७६ काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलमबारेको विवादस्पत अभिव्यक्तिपछि बोली फेरेका छन्। उनले शनिबार विज्ञप्ति जारी गर्दै आफूले मोहम्मद आफताव आलमको मुद्दामा 'षड्यन्त्र भयो' नभनेको दाबी गरेका छन्।

    शुक्रबार पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा गरेको प्रशिक्षण कार्यक्रमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएको थियो। सभापति देउवाले विज्ञप्तिमा जारी गरेर आफूले त्यस्तो भन्न नखोजेको दाबी गरेका छन्।

     

    उनले कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्ने विषयतर्फ मात्रै संकेत गरेको दाबी गरेका छन्। ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ।

     

    तर, कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन' देउवाले जारी विज्ञप्तिमा भनिएको छ, 'मोहम्मद आफताव आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दवावमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ।

     

    ' उनले निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने आफ्नो प्रष्ट मान्यता रहेको पनि उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…