• पथरीमा भइरहेको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज (शनिवार) भएको खेलमा ट्राइब्रेकरमा ४-२ गोल अन्तरले दमक फुटबल एकेडेमी झापालाई पराजित गर्दै डागिहाट फुटबल क्लब मोरङ प्रतियोगिताको सेमि फाइनलमा प्रवेस गरेको छ ।

    खेल सुरुभएको पहिलो मिनेटमै दमक फुटबल एकेडेमिका खेलाडी अनिल तिम्सिनाले गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएका थिए । दोस्रो हापको अन्तिम २९ औ मिनेटमा डागिहाटका खेलाडी विक्रम तामाङले गोल गरेपछी निर्धारित समयमा १ बराबरीमा खेल टुङ्गिएको थियो ।

    ट्राइव्रेकरमा डागिहाट मोरङको लागि शङ्कर राई, विक्रम लिम्बू, विक्रम धिमाल, सुरेन खवासले गोल गरेका थिए । दमकका लागि सुसन कार्की, किस्मत लिम्बुले गोल गरेपनी अनिश खड्काले प्रहार गरेको गोल पोस बहिरिनुको साथै राजन धिमालले हानेको गोल
    विपक्ष टिमको रक्षक छिरिङ तामाङले फर्काइदिएका थिए

    खेलको म्यान अफ दि म्याच डागिहाटका गोल रक्षक छिरिङ तामाङ घोषित भए ।

    भोलि (आइतबार)को पहिलो सेमि फाइनल खेल लेटाङ फुटबल क्लब र योसेक फुटबल क्लब उर्लाबारी मोरङवीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए ।

    सेमिफाइनलमा मोरङको लेटाङ, उर्लाबारी, डागिहाट र सुनसरी पन्चायन फुटबल क्लब धरान प्रबेस गरिसकेको छ ।

    प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १११ र दोस्रो हुनेलाई ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्रले प्रदान हुनेभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…