विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जतिसुकै कठिन परिस्थिति आए पनि सत्यको बाटो नछोड्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
आफू सत्यको बाटोमा हिँडिरहेको बताउॅदै डा कोइरालाले भने-“जस्तो सुकै अप्ठ्यारो अवस्था आएपनि सतमार्गको बाटो छोड्दिन र एक ईन्च पनि डगमगाउॅने छैन। यही सत्यको मार्ग नै मेरो राजनीतिको लक्ष्य हो।”
नेपाली कांग्रेस मोरङ् क्षेत्र नं-६ (ख) ले विराटनगरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा डा कोइरालाले सरकारले नै सहकार्य र सहमतिको बाटो बन्द गरेकाले मुलुक जटिलता तर्फ धकेलिएको बताए । उनले भने-” राष्ट्रियता र लोकतन्त्र बलियो बनाउँने कार्यका लागी कांग्रेसले सहकार्य र सहमतिको ढोका सधै खुला राखेको छ।