• झापा। झापा जिल्लाको गौरादह नगरपालिकाम असोज २८ गते बाट संचालन भएको झापा जिल्ला अन्तरपालिका स्तरिय मेयर कप पुरुष भलिवल प्रतियोगिता २०७६को उपाधि दमक नगरपालिकाले हातपारे पारेको छ ।

    जनता माध्यमिक बिधालय गौरादहको प्रङ्गणमा शनिवार सम्पन्न फाइनल खेलमा दमक नगरपालिकाले आयोजक टिम गौरादहलाई पराजित गरेको हो । दमकले गैरादहलाई १९–२५, २७–२५, १५–२५, २५–२१ र १५–१४ को सेटमा पराजित गरेको थियो। जितसंगै बिजेता टिमले नगद १ लाख १ सय रुपयाँको चेक र उपविजेताले नगद ५१ हजार रुपयाँको चेक सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । सो खेलमा झापा जिल्लाका १५ स्थानीय तह मध्ये १३ वटा स्थानीय तहको उपस्थिति रहेको थिए ।आज फाइनल दमक र गौरादह बिच ५वटा प्रतिस्पर्धात्मक खेलहरु मध्ये दमकले ३ खेल र गौरादहले २ खेलमा मा जित निकाले का थिए । दमक सग पुर्ब अन्तर्राष्ट्रिय खेलाडी शैलेन्द्र श्रेष्ठ , प्रदेश कप्तान मुस्कान लिम्बू , पुर्ब प्रदेश कप्तान राजु श्रेष्ठ ,पुर्ब प्रदेश खेलाडी तेजु धिमाल ,
    पुकार तामाङ्ग ,अमन कार्की, प्रकाश लिम्बु, प्रेम बास्तोला ,मदन राई ,भुवन केशी, युगल कुवर जस्ता जुझारु खेलाडी थिए भने टिम कोच मा बिक्रम बस्नेत र टिम मेनेजर मा सागर राई ले दमक को नेतृत्व गरेका थिए।

    आयोजक समिति ले खेलमा बिभिन्न बिधामा उत्कृस्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो । मेन अफ द सिरिजमा दमकका पुर्ब १ नम्बर प्रदेश कप्तान तथा यस खेलका काउटर एट्याकर जर्सी नं ७ का राजु श्रेष्ठ, बेस्ट क्वीकर दमककै मिडल ब्लकर जर्सी नं ८ का पुस्कर तामाङ्ग, बेस्ट लिफ्टर १ नम्बर प्रदेश कप्तान मुस्कान लिम्बु , बेस्ट ब्लकरमा गौरादहका पुर्वाञ्चल भलिबल मिडल ब्लकर तथा नेपाल पुलिस क्लबका सदस्य दिपेन मल्लिक, बेस्ट स्टाइकर गौरादहका रुपेश शाहा, बेस्ट लिब्रो गौरादहका सुजन कट्वाल सबै लाई ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरेको थियो।

    कार्यक्रममा आयोजक समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति हेमन्त कार्कीले खेलको औचित्य मथि प्रकाश पारेका थिए ।

    यस कार्यक्रमको अवसरमा खेलकुद विकास समिति गौरादहले झापा जिल्ला खेल क्षेत्रमा भलिबल खेलमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै दोसल्ला ओडाइ झापा जिल्ला भलिबल संघ सदस्य १ नं प्रदेश का कोच तथा १ नं प्रदेश रेफ्री कमल गाउँपालिका ६ का रोशन दाहाल , पूर्व राष्ट्रिय खेलाडि गौरादह नगरपालिका३ का दिलबहादुर अधिकारी खत्री, १ नं प्रदेश रेफ्री राजु पाठक ,झापा जिल्ला खेलकुद बिकास समिती भलिबलको स-प्रशिसक हेमा थापा,१ नम्बर प्रदेश लाई खेल क्षेत्रमा पुर्याएको योगदानको उच्चसम्मान पत्र सहित सम्मान गरेको थियो । कार्यक्रमको संचालन तथा सहजीकरण समितिका सचिव निर्मल बाँस्तोलाले गरेका थिए ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …