• भीमराज अधिकारी, पथरी ।
    रीना बस्नेत रहस्यमय मृत्यु प्रकरणले ६ महिना पुरा गरेको छ । ५ महिनाको अवधीमा पनि त्यस घटनामा घाइते भएकाले अझै राम्ररी उपचार गर्न पाएका छैनन् । अहिले सम्म पनि पथरीका आम व्यापारी र सर्वसाधारणले रीनाको हत्या भएको भन्ने गरेका छन् । देश विदेशमा समेत चर्चा पाएको यो घट्नाको अनुसन्धानले मृत्यु भएको पुष्टी गरेको प्रहरीले पहिले नै बताइसकेको छ तर यसै घट्नामा घाइते भएका सोम बहादुर (गणेश) विश्वकर्माले भने अझै राम्रोसंग उपचार गर्न सकेका छैनन् ।

    पथरी शनिश्चरे ७ निवासी विश्वकर्माका परिवारले पथरीमा नै किराना पसल संचालन गर्छन । सोम बहादुर भने अर्काको सुनचाँदी पसलमा ज्यालामा काम गर्छन् । रीना मृत्य पछि आन्दोलनमा लागेको अश्रुग्याँसको खोकाले घुँडामा कहिले नमेटिने घाउ बनेको छ । न त बसेर दिनभरी काम गर्न हुन्छ, न त काम नगरी खान नै पुग्छ । स्वास्थ हँुदा दिनमा १ हजार देखि १५ सय सम्म कमाइ गर्दै आएका सोमबहादुरले अहिले बल्लतल्ल ३,४ सय कमाउने गरेको बताउनुभयो ।

    रीनको सत्य तथ्य छानवीन गर्नका लागि दवादका लागि बनेको संघर्ष समिति र पथरी उद्योग बाणिज्य संघले संयुक्त रुपमा पथरीका व्यावसायीलाई पसल बन्द गरेर आन्दोलनमा उत्रन उर्दि गरेको सोमबहादुरले बताउनुभयो । सोही अनुसार नगरपालिकाबाट उपमेयर सहतिको टोली प्रहरीमा गएको र इलाका प्रहरी कार्यालय पथरीमा घटनाका बारेमा निश्पक्ष छानवीन गर्ने सल्लाह भएपछि जाँतेमोडमा आइपुग्दा प्रहरीले अश्रुग्याँस हानेको सोमबहादुरलाई अहिले जस्तो लाग्छ । प्रहरीले प्रहार गरेको अश्रुग्याँसको खोकाले सोमबहादुरको घुँडामा चोट लागेको थियो । तत्काल पथरीको मोरङ हस्पिटलमा उपचार गराएर विराटनगर स्थीत नोबेल मेडिकल कलेजमा रिफर गरिएको थियो । नोबेलमा एक्सरे गरेर समेत हेर्दा अन्य चोट नदेखिएको र घुडाको उपचार गरेर फर्किएको सोमबहादुरको भनाइ छ ।

    गएको भदौ देखि फेरि सोही खुट्टा दुख्ने र काम गर्नै नसक्ने भएपछि फेरी नोवेल पुग्दा अश्रुग्याँसको खोकाले लागेको चोटका कारण एउटा नसामा ब्लड (खुन) जमेको भनेपछि सोमबहादुरको होस नै उड्यो । दिनको ३५ सय बराबरका २ वटा सुइ ६ महिना लगाउनुपर्ने डाक्टरको सल्लाह छ तर पैसाको अभावमा सोमबहादुरले १ लाख जति खर्च गरेर अहिले घरमै बस्नुहुन्छ । विहन बेलुका दुखाइ कमगर्ने औषधी खाएर बस्दै आउनुभएका सोमबहादुरले गुहार मागेपछि नगरपालिकाले २१ हजार सहयोग गरेको बताउनुभयो । उद्योगवाणिज्य संघले पनि सहयोग गर्ने आस्वासन दिएको सोमबहादुरले बताउनुभयो । डाक्टरका अनुसार अहिले सुनिएको खुट्टा जविनभर नै एउटा सानो र एउटा ठुलो हुने सोमबहादुरको भनाइ छ । अप्रेसन गर्न सम्भव नभएपछि सुइको माध्यमबाट जमेको ब्लड निकाल्नुपर्ने भएको हो । आफ्नो आर्थिक अवस्थाले भ्याए सम्म उपचार गराएको र अब सबैले साथ सरहयोग गरे आफ्नो उपचार सम्भव भएकाले सोमबहादुरले सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।

    https://youtu.be/1Skp9ikUWRI

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…