• काठमाडौं । हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ का कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) विरुद्ध प्रहरीमा कपिराइटको उजुरी परेको छ । मिडिया हबले नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला सक्किगोनीको टिमविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा कपिराइटको उजुरी दर्ता गरेको हो ।

    यसअघि मिडिया हबले उत्पादन गरेको टेलिश्रृंखला ‘भद्रगोल’ का पात्रहरू अर्को टेलिश्रृंखला ‘सक्किगोनी’ मा प्रयोग गरिएको भन्दै प्रहरीमा उजुरी परेको हो ।

    महानगरीय प्रहरी परिसर टेकुले छलफलका लागि ‘सक्किगोनी’ समूहलाई बोलाएको छ ।

    मिडिया हबका प्रमुख सोमप्रसाद धितालले सक्किगोनीको टिमविरुद्ध आफ्ना क्यारेक्टरहरूको प्रयोग गर्न रोक लगाइयोस भनेर उजुरी गरेको बताइएको छ। यता, कलाकार घिमिरे (पाँडे) ले भने ती सबै क्यारेक्टर आफूहरूको सिर्जना भएकाले मिडिया हबले कुनै दाबी गर्न नमिल्ने बताएका छन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…