चितवन । बिरामीको उपचारको क्रममा मृत्यु भएपछि चितवन मेडिकल कलेज (सिएमसी) मा तोडफोड भएको छ । बिरामीको मृत्यु भएपछि आफन्तले तोडफोड गरेका हुन् ।
नाकको आप्रेसन गर्न सिएमसी गएकी नवलपरासी मध्यबिन्दु नगरपालिका ९ की ३२ वर्षीय आशा ज्ञवालीको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । डाक्टरको लापर्वाहिले उनको मृत्यु भएको भन्दै आफन्तले तोडफोड गरेको हुन् ।
घटनाका विषयमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल चलिरहेको अवस्थामा अस्पताल बाहिरबाट गएको एक समूहले तोडफोड गरेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।