जिल्ला प्रहरी कार्यलयकाे टाेलीले भारतबाट अबैध रूपमा ल्याएका बाेईलर कुखुरा पऋाउ गरी नष्ट गरेकाे छ । प्रहरीकाे टाेलीले अाईतबार सुनबर्षी नगरपालिका वडा नं. ८ बिश्वकर्मा क्षेत्रकाे एक घरमा लुकाई राखिएकाे करिब ४ सय किलाे ठुलाे र ४१ का’टन भारतिय बाेईलर कुखुराकाे बच्चा नष्ट गरेकाे हाे । जिल्ला प्रहरीकाे टाेलीले पत्रकार,क्वारेन्टटाईन बिराटनगरका प्रतिनिधि,र स्थानियबासीकाे राेहबरमा नष्ट गरेकाे थियाे ।
कुखुरा नष्ट गरेपछि भने त्यहाका स्थानियबासीले हातमा चिर्पट,लठ्ठी बाेकेर प्रहरीकाे टाेली,क्वारेन्टाईनका प्रतिनिधि,ब्यापारी,पत्रकार लगायतलाई घेराबन्दीमा राखेका थिए । त्यहा झण्डै झडपकाे स्थिति सिर्जना भएकाे थियाे । स्थिति तनाबग्रस्त भएपछि प्रहरीटाेलीले सुरक्षाकाे लागि अाशपासका प्रहरी चाैकीबाट थप प्रहरी बाेलाईएकाे थियाे । त्यहाका तस्करि,बिचाैलियाहरूसहित स्थानियबासीहरूले चिर्पट तथा लठ्ठी बाेकेर अाऋमणकाे प्रयास गरेपनि थप प्रहरी परिचालन भएकाे कारण मानविय क्षति हुन सकेन ।
माेबाईलसमेत स्वीचअफ गर्न लगाएर करिब ४ घण्टा घेराबन्दीमा राखेकाे र शसस्त्र बल अाएपछि भने छाेडेका थिए । सरकारले प्रतिबन्धित गरेकाे भारतिय पशुपन्छी तथा दुध तस्करि तथा बिचाैलियाहरूले खुलेहाम रूपमा नेपालमा भित्र्याई सस्ताे मुल्यमा बिऋिबितरण गर्दै अाएका कारण यहाँका कुखुरा व्यवसायिहरू मारमा पर्दैअाएकाछन् ।