•  

    बिराटनगर, ४ कात्तिक । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अत्यन्तै दर्दनाक अवस्थाको बेवारिसे बेहोस बिरामीलाई सिरहाको लहानबाट उद्धार गरेका छन् । लहान नगरपालिका–३ मा बेवारिसे अवस्थामा रहेका बिरामीलाई डा.शर्माले उद्धार गरेर नोबल अस्पताल ल्याई आईसियूमा राखेर निःशुल्क उपचार गराईरहेका छन् ।



    लहान अस्पताल नजिक भेटिएका करिव ४० बर्षीय वेवारिसे पुरुषको अवस्था अत्यन्तै दर्दनाक थियो । उनको दाहिने खुट्टाको हड्डी पूर्ण रुपमा भाँचिएर घुँडा भन्दा मुनीको भाग छालाको भरमा मात्र झुण्डिएको छ । भाँचिएको खुट्टाको उपचार नपाउँदा घाउमा किरा परेर दुर्गन्ध फैलनुका साथै झिंगाले घेरेको थियो । धेरै दिनदेखि भुँईमा लडिरहेका उनको अवस्था अत्यन्तै दर्दनाक थियो । उठ्न र बोल्नसमेत नसक्ने अवस्थामा रहेका उनलाई उद्धार गरेर नोबेल ल्याईएको हो ।



    लहान अस्पतालमा कार्यरत डा.बृजेन्द्र कुमार शाहले बेवारिसे बिरामीको अवस्था डा.सुनिल शर्मालाई जानकारी गराएर उनको उद्धारमा सहयोग गरेका थिए । गंभीर अवस्थामा रहका उनलाई लहान अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नोबेल ल्याईएको हो । ‘सुनिल सरले यस्ता धेरै बिरामीलाई सहयोग गर्दै आएको थाहा पाएकाले उहाँलाई जानकारी गराए ।’ डा.शाहले भने ‘उहाँले तत्काल चासो देखाएर वेवारिसे बिरामीलाई उपचारको वातावरण मिलाईदिनुभयो ।’

     

    यता, डा.सुनिल शर्माले आपत र अलपत्र अवस्थामा परेका व्यक्तिलाई सहयोग गर्नु मानवीय कर्तव्य भएकाले सहयोग गरेको प्रतिक्रिया दिएका छन् । उद्धार गरेर ल्याईएका बिरामीलाई नोबेल अस्पतालको भेन्टिलेटरमा राखिएको छ । चिकित्सकहरुका अनुसार उनको अवस्था गंभीर छ । समाजसेवामा सक्रिय डा.शर्माले यसअघि पनि यस्ता धेरै बिरामीलाई उद्धार गरिसकेका छन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…