• मलेसिया - हामी नेपाली राष्ट्रिय समिति मलेसियाको आयोजनामा नेपालीहरूको महान पर्व तिहारको अवसरमा शुभकामना आदान प्रदान, भेटघाट तथा धर्म, जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल” ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबल एसिया प्यासिफिकको मलेसियाको उद्घाटन तथा तिहार बिशेष संगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

    अमेरिकामा केन्द्रीय कार्यालय रहेको उक्त संस्थालाई नेपाली समक्ष विश्वब्यापि बनाउन विभिन्न देशहरुमा राष्ट्रिय कार्य समिति हरु धमाधम गठन भैरहेको भेला मलेसियामा केन्द्रीय उपाध्यक्ष टेक वाइबा लामाको प्रमुख अतिथिमा उद्घाटन हुना लागेको हो ।

    उद्घाटन कार्यक्रममा सँगसँगै ख्यातिप्राप्त स्थानीय कलाकारको बेजोड प्रस्तुति सँगै तिहार विशेष कार्यक्रम आयोजना गरिएको हामी नेपाली ग्लोबल मलेसियाका अध्यक्ष प्रकाश वाईबाले जानकारी दिए ।

    विभिन्न हास्य कलाकार, डान्सर, गायक गायिकाहरूले मञ्च तताउने भएकाले हेर्नको लागि कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रकाश वाईबाले मलेसियामा रहेका नेपालीहरू सबै कार्यक्रममा उपस्थित भै मनोरञ्जन लिन पनि अनुरोध गरेका छन्

    संस्थाको पत्र नपाएका मलेसियास्थित संघ, संगठन मिडिया, पत्रकार सबैमा यसै समाचारलाई आधिकारिक मानेर उपस्थिति जनाइ दिन हामी नेपाली राष्ट्रिय समिति मलेसियाले आग्रह गरेको छ ।

    कार्यक्रम २०१९ अक्टोबर २७ तारिख आइतबार जोहोर बारू सेनाई स्थित AB-INN होटलमा आयोजना हुन लागेको हो । कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने हामी नेपाली राष्ट्रिय समिति मलेसियाले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…