• रोसन भट्टराई । रियो छमछमी ४ को फाइनलमा पुगेकी झापा बुद्धशान्तिकी दिलमाया अघिल्लो सो मा केही अस्वस्थ्यता भएर आधाबाटै नृत्य छोडेकी थिइन् । छमछमीका जर्जहरुले अस्वस्थ्य भए नृत्य नगर्न सल्लाह दिँदा पनि आफ्नो बाबा लगायत सम्पूर्ण प्रदेश नं. १ बासी र नेपालीहरुका लागि आफ्नो अन्तिम सास रहुन्जेल सम्म नाच्ने दिलमायाले बताएकी छिन् ।
    देश भरका विभिन्न प्रतिस्पर्धीलाई पछिपार्दै उत्कृष्ट ५ भित्रको फाइनल राउण्डमा पुगेकी दिलमायाले अब भने उपाधिका लागि आफूँलाई धेरै भन्दा धेरै भोट गरिदिन अनुरोध गरेकी छन् । अस्वस्थ्यताका बाबजुद पनि आफ्नो बाबाको सबैभन्दा ठूलो सपना पुरा गर्न आफ्नो तर्फबाट कडा मेहेनत गरिरहेको र त्यो मेहेनतलाई सफल बनाउन भोटको खाँचो रहेको उनले बताइन् ।
    सिजन चलिरहेको बेला पूर्वका संस्कृत संरक्षण अभियानकर्ता तथा बुबा काजीमान लिम्बूलाई समेत गुमाउन पुगेकी दिलमायाले नृत्य प्रति देखाएको लगावकै कारण उनका नृत्य उत्कृष्ट रहेको र उनले छमछमीको विजेता बन्नै पर्ने उनलाई नृत्य सिकाउने गुरु तथा दाई ज्ञानु सुब्बाले बताएका छन् ।
    कात्तिक ९ गते हुने फाइनल राउन्डको उपाधि उचाल्न उनलाई कात्तिक ९ गतेसम्मै भोट गर्न सकिने छ ।
    दिलमायँलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा सीसी लेखी एक स्पेस छाडेर ०३ टाइप गरी ३१००९ मा म्यासेज पठाउन सकिनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…