• प्रेमप्रसाद भटराई (के.डी)
    पथरी । मोरङको पथरीशनिश्चरे–१ मा रहेको शान्ति सामुदायिक वनको निर्वाचन आज हुँदैछ । अध्यक्षसहित मुख्य पदका लागि सहमति भएपनि अन्य ११ सदस्यका लागि आज चुनाव हुने भएको हो । सो पदका लागि २६ जनाका उम्मेद्धवारी रहेको छ । समितिको अध्यक्षमा पुन के.वि गुरुङ नै निर्विरोध निर्वाचित भएका छन् । यस अघि समितिको सदस्य पदमा रहेका प्रकाश थापाको पनि अध्उक्षमा उम्मेद्धारी रहेको थियो तर सहमतिमा उनलाई सह अध्यक्ष बनाइने भएपछि अध्यक्ष र सहअध्यक्षमा क्रमशः गुरुङ र थापा निर्वाचित भएका हुन् । नगरमा अहिले सह अध्यक्षको विषयलाई लिएर उपभोक्ताहरुमा असन्तुष्टि समेत रहेको बुझीएको छ । अध्यक्षमा गुरुङले जित्ने सम्भावना देखेपछि थापा सह–अध्यक्षमा वसेका स्थानीयको बुझाइ छ । त्यस्तै समितिको उपाध्यक्षमा साजन धिमाल, हेमभक्त गुरुङ, सचिवमा मेनुका राई, सहसचिवमा नवराज मिश्र र कोषाध्यक्षमा कुलमणी गुरुङ चयन भएका हुन् ।
    समितिको खुल्ला पाँच सदस्यको लागि १६ जना , पाँच महिलाको लागि ९ जना तथा आदिवासी जनजातिको लागि तिनजनाको उम्मेद्धारी रहेको छ भने सदस्यमा आरती बिक, लेखा संयोजकमा तुलसी बस्नेत चयन भएका छन् । त्यस्तै १२ सदस्यहरुमा दलित कोटा बाहेक खुल्ला, महिला र जनजाति गरी २६ जना भिड्ने भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…