• काठमाडाैं । धमाधम ‘पावरफुल’ व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन् । प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका हुन् ।

    गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका छन् । यसले अपराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको हो । विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाहरुको फाइल पल्टाउने प्रहरीको तयारी छ ।

    रौतहटको १२ बर्षअघिको घटनामा कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेपछि रौतहटकै अन्य पुराना घटनाको अनुसन्धानको दबाब प्रहरीमाथि परेको छ ।

    यसरी पुराना घटनाको अनुसन्धान भएमा सरकारका उपप्रधानमन्त्रीकै पद खुस्कने निश्चित छ । हाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादवविरुद्धको जाहेरी जिल्ला अदालत रौतहटमै १३ वर्षदेखि विचाराधीन छ ।

    ७ चैत २०६३ मा गौर नरसंहार भएको थियो । जसमा २७ जना माओवादी कार्यकर्ताको विभत्स हत्या भएको थियो । माओवादी कार्यकर्ताहरुलाई लखेटी लखटी बिभत्स ढंगले हत्या भएको थियो । त्यो घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता यादबविरुद्ध मृतकका परिवारले उजुरी दिएका थिए । तर, अहिलेसम्म सो घटनाको अनुसन्धान प्रहरीले गरेको छैन । आलमलाई पक्राउ गरेपछि यादवलाई पनि पक्राउ गरी कारबाही गर्न गौर हत्याकाण्डका पीडितहरु प्रहरीमा जान थालेको स्रोत बताउँछ । तराईमा माओवादीलाई भगाएर आफ्नो राजनीति स्थापित गराउन उपेन्द्र यादबको निर्देशनमा गौर हत्याकाण्ड भएको थियो ।

    पीडितहरुले दबाब दिएमा यादवलाई पक्राउ गर्न प्रहरी बाध्य हुने अवस्था छ । स्रोतका अनुसार आलममाथिको अनुसन्धान सकिए लगत्तै सो घटनाको अनुसन्धान समेत सुरु गर्ने प्रहरी तयारी छ । जसमा उपेन्द्र यादवलगायत तत्कालीन फोरमका धेरै नेता पक्राउ पर्ने निश्चित छ । (दृष्टिबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…