• विराटनगर ७ कार्तिक
    मानिस जो कोहीलाई वा भनिदैन । जसले समाजमा केहि दिन्छ अथवा दिन खोज्छ उसको चर्चा अबश्य हुन्छ । समाज रुपान्तरणका लागि एउटै मानिस राम्रो भए पुग्छ । यस्तै ब्यक्तिलाई हामी वा... यस्ता ब्याक्ति भनिरहेका छौ । ती हुन् विराटनगर महानगरका मेयर भीम पराजुली । उनको दैनिकी जव हामिले प्रत्यक्ष नियाल्ने मौका पायौ । विहान देखि राती सम्मको उनको खटाई । हामिपनि नतमस्तक भयौ । उनै पराजुली आज विराटनगरको विकासमा जुटिरहेका छन् । दिन होस या रातमा खटेर उनले देखाएको अग्रसरताले विकासको मुहान फुटिरहेको छ भन्दा फरक नपर्ला । एक दिन हैन हामिले महिनौ सम्म मेयर पराजुलीका गतिविधि नियाल्ने काम गरेका थियौ । उनले अहोरात्र विराटनगरको विकासमा देखाएको चिन्ता मात्रै पनि काफी छ । मेयर पराजुली भन्छन् विराटनगरको विकास मेरो मूल लक्ष्य हो । यसका अलवा शिक्षा र स्वास्थ्य क्षेत्रमा सम्झन योग्य काम गर्ने लक्ष्य उनको छ ।


    अहिले विराटनगर बन्दै छ । धेरै ठाउँमा अझै पनि व्यवधानहरु छन् तर ती सवै बन्ने प्रक्रियामा छन् । विराटनगर महानगरमा सडक कालोपत्रे गर्ने काम तीब्र रुपमा अगाडी बढेको छ । नगरक्षेत्रमा सन्चालित आर.यु.डिपि आयोजना अन्तरगत कुल ७४.३ किलोमिटर सडक कालोपत्रे गर्नु पर्ने हो जस मध्ये ४५ किलोमिटर सडक कालोपत्रे गर्ने काम सकिएको छ । ४० एम.एमको एसफल्ट कंक्रिट प्रयोग गरी सडक कालोपत्रेको कामलाई महानगरले द्रुतगतिमा अगाडी बढाएको छ । उक्त प्रविधि गुणस्तरको हिसाबमा बलियो र टिकाउ मानिन्छ । विकासका क्रममा नगरवासीहरुले भोग्नुपरिरहेको समस्या प्रति मेयर पराजुलीलाई चिन्ता छ । उनले केही महिना धैर्य गर्न आग्रह गर्दै आएका पनि छन् । विराटनगरका सवै बाटा चाढै बन्नेमा आम नगरवासीहरुलाई बिश्वस्त रहन पनि उनले आग्रह गरेका छन् । अहिले विराटनगरको सहिद मैदान ,बिरेन्द्रसभागृह हुदै कोशी अस्पताल अगाडी सम्म पीच गर्ने काम सकिएको छ । न्यूरो हस्पिटको बाटो र मेनरोड वजार क्षेत्रमा पीच गर्नका लागि अन्तिम तयारीमा रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…