• काठमाडौं । मौसममा गडबडी आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको पूर्वी तथा मध्य भूभागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको बताएको छ ।

    हाल देशको पूर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको समितिले जनाएको छ ।

    पूर्वी उच्च हिमाली भूभागमा हल्का हिमपातको संभावना रहेकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    शुक्रबार दिउँसो देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहने छ । पूर्वी भेगका थोरै स्थानहरूमा साथै मध्य पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी उच्च हिमाल िभुभागमा हल्का हिमपातको संभावना रहेको छ।

    राति देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहने छ । पूर्वी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तो छ शनिबार र आइतबारको मौसम पूर्वानुमान
    शनिबार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। राति देशको पूर्वी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

    कार्तिक१० गते आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

    राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…