• कात्तिक ८, २०७६ काठमाडौं :

     

    कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ। शुक्रबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरु हुने भए पनि

    काग तिहार कात्तिक ९ शनिबार परेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ। तिथिको घटबढका कारण यस्तो भएको गौतमले बताए। यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा

    गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए। कात्तिक १० आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ। बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए। गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ११ सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ

    । ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ। त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्नेहुन्छ। कात्तिक १२ मंगलबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ। बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए। कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको

    समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ। सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन। भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उनले बताए।

    यसै दिनदेखि नेपाल संवत् ११४० सुरु हुन्छ। भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ मा नै गरिन्छ। कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ मा नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ। झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक साताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा बत्ती बाल्न सुरु भइसकेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…