• काठमाडौं, ८ कात्तिक । राष्ट्रपति सी जिनपिङका नेपाल भ्रमणका क्रममा चीनको ठूलो चाहना थियो, सुपुर्दगदी सम्झौता गर्ने ।

    सम्झौताको ड्राफ्ट पटक पटक आदान प्रदान गरेर लगभग हस्ताक्षर गर्न मात्रै बाँकी अवस्थामा राखिएको थियो । तीन दिन अघिसम्म पनि चिनियाँहरु सुपुर्दशी सम्झौता हुनेमा ढुक्क थिए ।

    तर, नेपाल एक कदम पछि हट्दै तत्काल सम्झौता नै नभन्ने गरी सहमति गर्ने निर्णयमा पुग्यो । जसको आक्रोश चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीसँगको संवादका क्रममा संकेत गरे ।

    विश्वस्त सूत्रका अनुसार नेपालले चीनसँग सुपुर्दगी सन्धी गर्ने तयारी गरेको कुरा अमेरिकीहरुले थाहाँ पाएपछि अमेरिकाबाट यस्तो दबाब आयो कि नेपाल पछि नहटी सुखै पाएन ।

    अमेरिकी दूतावासको प्रयासबाट मात्र पनि सम्झौता नरोकिने देखेपछि अमेरिकी विदेश मन्त्रालयबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठाडै फोन गरेर सुपुर्दगी सम्झौता गरेमा परिणाम राम्रो नहुने भने पछि नेपाल सरकार लुरुक्क परेर सम्झौताको भाषा फेरेर सहमतिमा परिणत गर्न बाध्य भयो ।

    सम्झौतालाई कानुनी सहायता आदान प्रदानमा परिणत गरिएको थियो । यद्यपी कतिपयले त्यसलाई पनि सुपुर्दगी सन्धीकै रुपमा व्याख्या गरिरहेका छन् ।

    पहिले भारत लगायतका मुलुकहरुसँग सुपुर्दगी सन्धी गरेर केही समयपछि चीनसँग गर्ने वचन वार्ताका क्रममा चिनियाँहरुलाई दिइएको छ ।

    चिनियाँहरुले नेपाल सरकार अमेरिकी दबाबमा परेको बुझिसकेका थिए । जसको पुष्टि राष्ट्रपति सीले नै गरिदिए ।

    प्रधानमन्त्री ओलीसँगको वार्ताका क्रममा राष्ट्रपति सीले चीन विरुद्ध लाग्ने जो कोहीको हड्डी धुलो पार्ने चेतावनी दिनुको पछाडिको कारण सुपुर्दगी सन्धी हुन नदिन अमेरिकाले खेलेको भिलेनको रोलको जवाफ पनि थियो भन्न बुझ्न कठीन छैन, नेपालीपत्रमा उल्लेख छ ।

    यद्यपी सीको उक्त चेतावनीका पछाडि नेपालबाट तिब्बत विरुद्ध भइरहेका गतिविधि र हङकङमा पश्चिमाहरुले खेलेका गतिविधिको जवाफ पनि थियो ।

    साथ साथै नेपालका सत्ताधारीहरुलाई पनि तिमीहरु पश्चिमाको प्रभावमा रहेका छौं यो भन्दा बढी लहसिने र दोहोरो चरित्र देखाउने काम भयो भने देखाईदिन्छु भनेको अर्थमा पनि बुझ्नुपर्ने विश्लेषण कूटनीतिक वृत्तमा भइरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…