• विराटनगर: मोरङमा राती १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले राती १० बजेसम्म मात्रै देउसी भैलो खेल्न दिने निर्णय गरेको हो ।

    सुरक्षा समितिले जुवाजन्य क्रियाकलाप र मदिरा सेवनका कारण शान्ति सुरक्षामा खलल् पुग्ने भन्दै त्यसलाई रोक्ने र काननी दायरामा ल्याउने निर्णय गरेको हो ।

    पटका र आतिशबाजीजस्ता बिस्फोटक पदार्थको प्रयोगले मानिसको स्वास्थ्यमा असर पर्ने, चोटपटक लाग्ने र आगलागी हुने तथा सार्वजनिक सुरक्षामा समेत असर पर्ने भन्दै त्यस्ता बस्तुको उत्पादन, आयात–निर्यात, खरिद बिक्री, ओसारपसारमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो ।

    त्यसैगरी चाडपर्वका बेला सिर्जना हुनसक्ने महंगी, कालोबजारी, अखाद्य बस्तुको प्रयोग, म्याद नाघेका बस्तुको भण्डारण तथा विक्री वितरणको प्रभावकारी अनुगमन गर्ने सुरक्षा समितिले निर्णय गरेको जनाइएको छ । अनुगमनजन्य कार्यका लागि स्थानीय तहहरुसँग समन्वय गर्ने निर्णयमा भनिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…