• मोरङको पथरीमा भीषण आगलागी ,चार वर्षीय बालकको मृत्यु

    उर्लाबारी । मोरङको पथरी सनिचरे नसरपालिका- ५ कोठेबारीमा दीपावली गर्न बालेको दियोबाट घर जल्दा चार वर्षीय बालकको मृत्यु भएको छ । आइतबार राति करिब साढे १० बजे कोठेबारीका युवराज गिरीको घरमा आगलागी हुँदा उनका चार वर्षीय छोरा युसनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
    घरमा सुतिरहेका युसनको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको हो ।

    आगोमा जलेर टिनको छानो भएको एक तले घर पनि पूर्णरुपमा नष्ट भएको छ । घरभित्र रहेको नगद ९५ हजार, तीन तोला सुनका गहना, तीनतोला चाँदीका गहना, लत्ता कपडा पनि नष्ट भएको पीडित परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
    स्थानीयवासी र प्रहरी चौकी कुशेचौरीबाट खटिएको टोलीले करिब एघार बजेतिर आगो नियन्त्रणमा लिएका थिए ।
    दीपावली मनाउने क्रममा भएको आगलागीको घटनामा परी ज्यान गुमाएका बालक युसनप्रति जिल्ला प्रहरी कार्यालय मोरङले श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रहरीले तिहारको बेला घर झिलिमिली पार्दा हुन सक्ने आगलागीका घटनाप्रति सुरक्षा सजगता अपनाउन समेत अनुरोध गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…