रातोकलम अनलाइन।
क्वालालम्पुर,कार्तिक-११
सुदुरपश्चिमेली नेपाली समाज मलेसिया द्वारा तिहार बिशेष सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।अध्यक्ष तुलाराम धामीको अध्यक्षता रहेको उक्त कार्यक्रम नेपाली राजदुतावास मलेसियाका उप-नियोग प्रमुख मोति बहादुर श्रीश मगर प्रमुख अतिथि रहनु भएको थियो।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिपिन राई र नेपाली राजदुतावासका द्वितीय सचीव महेश्वर मणि त्रिपाठी बिशेष अतिथि रहेका थिए । कार्यक्रममा बिभन्न संघसंस्था र सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका पदाधिकारी र नेपाली दिदिबहिनी दाजुभाइको उपस्थिति रहेको थियो ।
शुभकामना मन्तब्यको क्रममा उप-नियोग प्रमुख मोति बहादुर श्रीश मगरले मलेसियाको श्रमिक र श्रम सम्झौता सम्बन्धि जानकारी पनि दिनु भएको थियो।भने शुभकामना मन्तब्य बिपिन राई, महेश्वर मणि त्रिपाठी लगायतको ब्यक्तिहरुले राखेका थिए।
उक्त कार्यक्रममा सुदिरपश्चिमली नेपाली समाजका लागि योगदान दिने सुदिरपश्चिमेली चेलीहरु तारा कार्की, मोहिनी मल्ल, कुसुम मगर लगायतलाई सम्मान पत्र तथा दक्षिणा प्रदान गरि सम्मान गर्दै समापन गरिएको थियो।