धरान÷आगामी मंसिर १४ गते हुने धरान उपमहानगरपालकाको उप निर्वाचनमा दलहरुले धमाधम उमेद्वारी छान्न थालेसँगै निर्वाचनको रौनकता समेत देखिन थालेको छ ।
निर्वाचन आयोगले मुलुकका ३७ जिल्लामा विविध कारणले रिक्त भएका स्थानमा दुई चरणमा गरेर निर्वाचन गर्ने कार्य तालिका सार्वजनिक
गरेपछि धरान उपमहानगरपालिकाको प्रमुखको निर्वाचनको कार्यतालिका कार्तिक २७ गते बाट शुरु हुने भएको छ । प्रमुख राजनैतिक दलहरुसँगै क्षेत्रीय दलहरु समेत यतिबेला धरानमा निर्वाचनको तयारीमा जुटेपछि रौनकता छाएको हो ।
धरान उपमहानगरपालिकाको कुल मतदाता सख्या ७९२९० रहेको छ । जसमा पुरुष मतदाताको सख्या ३७१४२ र महिला मतदाताको संख्या ४२१४८ रहेको छ । २०७४ सालमा भएको धरान उपहानगरपालिकाको निर्वाचनमा झिनो मतले पराजय भएको नेपाली काँगेस यसपटक बाजी मार्ने दाउमा देखिएको छ । नेपाली काँगेसको गत निर्वाचनमा समेत उमेद्वार बन्नु भएका धरान उपमहानगर समितिका सभापति समेत रहनु भएका तिलक राईलाई नै पुनः उमेद्वार बनाएको छ । नेकपाले हालसम्म उमेदवार घोषणा गर्न सकेको छैन ।
नेकपाका एक जिम्मेवार कार्यकर्ताले आफनो नाम उल्लेख नगर्ने शर्तमा भने उमेदवार घोषणा गर्न नै सकस परेको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्रका धेरै आकांक्षीहरु देखिएकोले सकस परेको र लविले समेत काम गरेको उनले बताए । पूर्व एमालेले सम्भावित उमेदवारका रुपमा प्रकाश राई, विजय राई, पदम लिम्बुलाई अगाडि सारेको छ भने पूर्व माओवादीले अइन्द्र विक्रम बेघा, चोत्लुङ्ग याक्थुङमा, मुक्साहाङको नाम अगाडि सारेको छ । पूर्व एमालेले धरानलाई आफ्नो आधार इलाका मान्दै आएकोले उमेदवार समेत पूर्व एमालेबाटै हुनुपर्ने तर्क अगाडि
सारेको छ भने पूर्व माओवादीले पार्टी समायोजन भइसकेको अवस्थामा उप मेयर पूर्व एमालेबाट भएपछि मेयर आफूहरुले पाउनुपर्ने धारणा अगाडि सारेका कारण उमेद्वार छनौटमा सकस देखिएपछि केन्द्रमै सिफारस गर्ने निर्णय भएको उनले बताए ।
धरान उपमहानरपालिकाभित्रको चरम भ्रष्टाचार, नगर पालिकालाई एमालेको कार्यर्का भर्तिको केन्द्र मात्र बनाएको, नगरको विकासमा कुनै काम गर्न नसकेको, सामान्य सडकका खल्डाखुल्डीसमेत टाल्न नसकेको, नगरबासीको भावना विपरीत खोपनीको नाममा ऋण लिएर नगरबासीलाई ऋणको भार बोकाएको, मनपरी ढंगले नगरबासीमा करको भार थोपरको, सुकुम्बासीहरुलाई खोक्रो आश्वासनमात्र बाँडेको तर तिनीहरुलाई व्यवस्थित गर्न नसकेको जस्ता नारा लिएर प्रमुखका लागि स्वतन्त्र उमेदवार बनेका छन हर्क साम्पाङ्ग राई । धरानको विकासका लागि अब दलीय नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने नारा लिएर राई प्रचार प्रसारमा जुटिसकेका छन ।
कोणसभा, सामुहिक रुपमा भेटघाट छलफलमा जुटेका राई भन्छन् धराने जनताले यसपटक दलीय नेतृत्व परिवर्तन गर्न चाहेका छन् । उता समाजवादी पार्टीबाट गजेन्द्र इस्वोलाई उमेद्वारका रुपमा अगाडि सारिएको छ । पूर्व एमालेका प्रभावशाली कार्यकर्ता, गोरखा भूतपूर्व सैनिक संघ सुनसरीका अध्यक्ष समेत रहेका इस्वोको उमेदवारीले नेकपालाई असर पुग्ने विश्लेषण गरिदै आएको छ । यसैगरी सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालले पार्टीका नगर अध्यक्ष सञ्जुहाङ्ग सावा, जिल्ला अध्यक्ष अमर इजममध्येबाट एकजनालाई उमेद्वार बनाउने भएको
छ । नगर समितिले यी दुई जनाको नाम संघीय लिम्बुवन मञ्च नेपालको केन्द्रीय कार्य समितिमा पठाइसकेको छ र चाँडै नै दुई मध्ये एकको नाममा निर्णय हुने जिल्ला अध्यक्ष इजमले बताउनुभयो ।
राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी सयुक्तले समेत नगर प्रमुखका लागि उमेदवारी दिने भएका छन् । तर यी दुवै दल कस्लाई उमेद्वार बनाउने भन्ने टुंगोमा भने पुगिसकेका छैनन् ।
निर्वाचन आयोगले एक जना प्रतिनिधिसभा सदस्य, ३ जना प्रदेश सभा सदस्य, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १, वडा अध्यक्ष ४३ गरी कुल ५२ पदका लागि मंसिर १४ गते उप निर्वाचन गर्देछ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि कार्तिक २१ गतेदेखि निर्वाचनको कार्यक्रम शुरु हुने भएको छ । उक्त दिन विहान १० बजेदेखि दिउसाँे १ बजेसम्म उमेदवार मनोनयन पत्र दर्ता, १ः३० बजेदेखि ३ बजेसम्म उमेदवारको सूचि प्रकाशित, २२ गते उमेदवारका विरुद्धमा उजुरी, विहान ११ बजेदेखि ५ बजेसम्मको अवधि तोकिएको छ । परेका उजुरी र मनोनियन पत्रको २३ गते विहान ११ बजेदेखि १ः३० बजेसम्म जाँच हुने, २३ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म मनोनयन भएको उमेद्वारको नामावली प्रकाशन गरिने भएको छ ।
त्यसैगरी स्थानीय तहको निर्वाचन कार्यक्रम कार्तिक २७ गतेदेखि शुरु हुने भएको छ । उक्त दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारको मनोययनपत्र दर्ता गरिने, १ः३० देखि ३ बजेसम्म मनोनयन दर्ता भएको
उमेदवारको सूचि प्रकाशन गर्ने, २८ गते ११ बजे देखि ५ बजेसम्म उजुरी दिने, २९ गते विहान ११ बजे देखि १ः३० बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गर्ने, २९ गते दिउँसो ३ बजेदेखि अपरान्ह ५बजेसम्म मनोनयन भएको उमेदवारको नामावली प्रकाशित गर्ने, ३० गते विहान १० बजेदेखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने र दिउँसो ३ बजेदखि अपरान्ह ५ बजेसम्म
उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मंसिर १ गते विहान ११ बजेदेखि४ बजेसम्म उमेद्वारलाई चुनाव चिन्ह पदान गरिने भएको छ ।