• दाङ । नेपाली कांग्रेस दाङका निवर्तमान सभापती बिरकेश्वरि गौतममाथी कांग्रेसका पार्टी नेताले हातपात गरेका छन् ।

    कांग्रेसको उप- निर्वाचनको टिकटको विषयलाई लिएर भएको छलफलमा गौतम माथी उनकै पार्टीका नेताहरुले हातपात गरेका हुन् ।

    बिहिबार घोराहीस्थित नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा घोराही १६ को उप निर्वाचनमा टिकट दिने बिषयमा आ- आफ्नो मत बाझीएपछि नेताहरु बिच हात हालाहालको भएको हो ।

    नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ अन्तरगत पर्ने घोराही १६ मा उप निर्वाचनको चहल पहल चलिरहेकै बेला पार्टी कार्यालयमा पार्टीकै नेताहरुको बिचमा छलफल चलिरहेको बेला कसलाई टिकट दिने बिषयमा नेताहरु बिचमा भनाइ राख्नेक्रम भइरहेको बेला कांग्रेसका युबा नेता दिपक पाण्डेले बयोबृद्ध गौतममाथी एक्कासी हातपात गरेका हुन् ।

    कांग्रेस नेतृ रास्ट्रिय सभा सदस्य अनिता देबकोटा, प्रदेश ५ का प्रदेश सभा सदस्य अर्जुन श्रेष्ठ, कांग्रेस नेताहरु भुपबहादुर डागी, बद्री खड्का, गिरिराज सुबेदी, यज्ञ वली, तिलक रावत लगायतकाको सहभागीतामा भइरहेको छलफलमा आफ्नो बाउ समानको गौतममाथी पाण्डेले हातपातसँगै गालीगलौजमा उत्रिएको कांग्रेसका एक नेताले जानकारी दिए ।

    उनले गौतमलाई सबैले पार्टीको अभिभावक र आफ्नो बाउ समानको उमेर रहेको ब्यक्तिलाइ गालीगलौज गर्दै हातपातमै उत्रिएपछि बैठकमा सहभागी कांग्रेसका नेता कार्यकर्ताहरुले पाण्डेको आलोचना र बिरोध गर्दै तत्काल सार्वजनिक स्थलमा आफ्नो अभिब्यक्ति राखेकै कारण हातपात हुनु लज्जास्पद र घोर बिरोध तथा निन्दनिय कार्य भएको बताए ।

    उनले पार्टी कार्यालय भित्र हातपात गर्ने पाण्डेलाई कडा कारबाही गर्न माग समेत गरेका छन् । कांग्रेस नेताहरुले बताए अनुसार पाण्डेले गौतममाथी हातपात गरेपछि तिलक रावत लगायतकाले छुट्याएका थिए । पाण्डे गौतममाथी पटक पटक जार्इ लागेका थिए ।

    कांग्रेस नेताहरुले पाण्डे मदिराले मातेकै कारण गौतममाथी हातपात र गालीगलौज भएको हुन सक्ने अनुमान गरेका छन। घोराही १० नारायणपुर निबासी साबीक कांग्रेसको त्रिपुर सभापती पनि हुन् ।

    पाण्डे हातपातमै उत्रिएपछि अन्य नेता, कार्यकर्ताले छुट्याएपनि गौतममा त्रास उत्पन्न भएको थियो ।

    गौतम र पाण्डेले घोराही १६ मा गिरबहादुर बस्नेत र तारा डिसीलाई टिकट दिने बिषयमा सामान्य भनाइ राख्नेक्रममै बिवाद भएपछि पाण्डे गौतममाथी हात उठाएका थिए ।

    गौतम बस्नेतलाई टिकट दिनु पर्ने बताए भने पाण्डेले बस्नेत माओबादीबाट आएकाले डिसीलाई टिकट दिनुपर्ने बताएपछि नेताहरु बिच विवादलेरुप लियो ।

    यता जिल्ला प्रहरी कार्यालय दाङले यस बिषयमा कुनै जानकारी नआएको बताएको छ । दाङका जिल्ला प्रहरी प्रमुख जनक भट्टराईले पार्टी कार्यालय भित्र हातपात भएकाले आफुलाइ थाहा नभएको बताए ।

    पिडित पक्षले उजुरी दिए तत्काल पक्राउ गरेर कारबाही गर्ने चेतावानी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…