• काठमाडौं, १५ कात्तिक । नेपाल टेलिकमले आज देखि गलकोट नगरपालिका २ थानामा रहेको नमस्ते मोवाईल टावरमा चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ ।

    ग्रामिण क्षेत्रका जनतालाई सर्भ सुलभ मोवाईल डाटा ईन्टरनेट सुविधा उपलब्ध गराउने उद्येश्यले फोर जी सेवा सञ्चालनमा ल्याईएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयो ।

    फोर जी सेवा सञ्चालन भएपछि ग्रामीण क्षेत्रका नमस्ते मोवाईल प्रयोगकर्ताले उच्च गतिको अत्याधुनिक प्रविधीको मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन सक्ने छन ।

    अब क्रमश हटिया बजार हरिचौर बजार, मल्म, दुदिलाभाटी, काँडेबास, पाण्डवखानी, ताराखोला, बडिगाड, ढोरपाटन, निसी र तमानखोला गाउँपालिकामा समेत विस्तार गर्ने तयारी भईरहेको शर्माले बताउनु भयो ।

    फोर जी सेवा सुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । फोर जीलाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । फोर जी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो ।

    इञ्जिनीयर शर्माका अनुसार इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ । ग्राहकले गुणस्तरयुक्त फोर जी सेवाका लागि खर्च भने केही बढी गर्नुपर्नेछ ।

    उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल र च्याट गर्न सक्नेछन् ।

    फोर जी प्रविधिले मोबाइलमै थ्रिडी भिडियो समेत हेर्ने सुविधा दिने बताइएको छ । फोर जी सेवाले ‘डिजिटल नेपालको लक्ष्यलाई पनि सघाउने इञ्जिनीयर शर्माको भनाई छ ।

    भौगोलिक जटिलताका कारण सबै ठाउँमा फाइवर पु¥याउन कठिन छ,’ उनले भने ‘ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड (ताररहित) इन्टरनेट चलाउन फोर जी उपयोगी छ ।’

    फोर जी राउटरबाट कम्युटर लगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिनेछ । ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोर जी चल्ने हुँदा सिग्नल कभरेज (पहुँच) पनि बढी ठाउँमा पुग्ने टेलिकमले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…