• तनहुँ – जिल्लाको भीमाद नगरपालिका–९ कटनछापका ७५ वर्षीय गुमानसिंह थापाले साउनअघि प्रतिमहिना २ हजार रुपैयाँ भत्ता बुझ्ने गरेका थिए ।

    साउनदेखि भने थापाले प्रतिमहिना ३ हजारको दरले ४ महिनाको एकमुष्ठ १२ हजार रुपैयाँ बुझे । सरकारले साउनदेखि सामाजिक सुरक्षाभत्तामा वृद्धि गरेसँगै थापालगायत ज्येष्ठ नागरिक खुशी भएका छन् ।

    ‘भत्ता बढ्यो भन्ने समाचारमा त सुनेका थियौं,’ उनले खुशी हुँदै भने, ‘अहिले हातमै रकम पाएपछि पक्का भयो ।’ सोही वडाको पाथर्दीटोलका ७६ वर्षीया बोमाया राना पनि १२ हजार रुपैयाँ भत्ता बुझ्दा प्रफुल्लित थिए ।

    ‘यसअघि मासिक २ हजार रुपैयाँका दरले भत्ता बुझ्थें, अहिले बढेर ३ हजार पुगेछ,’ उनले भने, ‘भत्ता वृद्धि भएसँगै दैनिक घरखर्च चलाउन सहज हुने भयो ।’

    वडा कार्यालयले गण्डकी विकास बैंक भीमाद शाखाको सहयोगमा वडा कार्यालयबाटै २३७ ज्येष्ठ नागरिकलाई तिहारको पूर्वसन्ध्यामा सामाजिक सुरक्षाभत्तावापतको रकम वितरण गरेको छ । वडाध्यक्ष इमान थापाले कूल लाभग्राही ३६७ मध्ये वडा कार्यालयमार्फत २३७ जनालाई भत्ता वितरण गरिएको जानकारी दिए । ‘अन्य लाभग्राही वडाभन्दा बाहिर रहेकाले उनीहरूको रकम बैंकमै पठाइएको छ,’ उनले भने ।

    सरकारले गएको जेठ १५ गते आव २०७६/७७ को बजेटमार्फत वृद्धभत्ता ३ हजार रुपैयाँ तथा एकल महिलाको भत्ता मासिक २ हजार रुपैयाँ पुर्‍याएको छ । यसअघि वृद्धभत्ता मासिक २ हजार र एकल महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो ।

    अशक्त, अपाङ्गता भएका, लोपोन्मुख आदिवासी र जनजातिसमेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षाभत्ता पनि १ हजार रुपैयाँ बढाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…