•  

    कुकुर बराबर सुँघ्ने क्षमता भएको र इमान्दार जनावर प्रकृतिमा भेट्न कठीन छ । यसको उदाहरण हरेक ठाउँमा भेट्न सकिन्छ । यसको पछिल्लो उदाहरण बागदादीको मृत्युमा कुकुर क्षमताको प्रयोगलाई पनि लिन सकिन्छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आईसीस) का प्रमुख अबु बकर अल–बग्दादीविरुद्धको सैन्य कारबाहीमा महत्वपूर्ण सहयोगी भूमिका खेल्ने सैन्य कुकुरको तस्बिर सार्वजनिक गरेका छन् ।

    बग्दादी लुकेको ठाउँ पत्ता लगाउन तथा उनलाई गुफाभित्र लखेट्न महत्वपूर्ण भूमिका खेल्ने सैन्य कुकुरको तस्बिर सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले उक्त कुकुरको प्रशंसा गरेका छन् ।

    सैन्य कारबाहीमा कुकुरहरुले पनि भूमिका खेलेकोबारे पहिलो सूचना राष्ट्रपति ट्रम्पले नै सार्वजनिक गरेका थिए ।

    यसअघि अमेरिकी जनरल मार्क ए मिलेले उक्त कुकुरबारे सूचना दिए पनि नाम खुलाएका थिएनन् ।

    त्यसै दिन दिउँसो राष्ट्रपति ट्रम्पले जनरल मिलेसँग थप सूचना लिएर उक्त कुकुरको तस्बिर आफ्नो आधिकारिक ट्वीटरबाट सार्वजनिक गरे । ‘न्यूजविक’ पत्रिकाका अनुसार कुकुरको नाम कोनान हो । सुरक्षा भेस्ट लगाएर खिचिएको उक्त तस्बिर भर्खरैको हो कि पुरानो हो भन्ने खुलेको छैन ।

    ०११ मा अमेरिकाले बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्ने गरी सूचना दिनेलाई दस करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो ।
    यस्ता आतंकवादीलाई चिनेर मार्न सक्ने क्षमता भएको हुनाले नै हिन्दुहरुले तिहारमा कुकुरलाई पूजा गर्ने चलन चलाएका थिए

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…