• मोरङ । युवा व्यवसायी तथा समाजसेवी देवेन्द्र लुईटेलले यस पटकको तिहार पर्वलाई अपाङ्ग, बृद्धबृद्धा र दिदी बहिनीहरुलाई सहयोग गर्दै विदाई गरेका छन् ।
    उनले कानेपोखरी ५ निवासी ललिता धिमाललाई बैसाखी तथा बृद्ध चौतारी रमाईलोलाई साउन्ड सिस्टम डिजे प्रदान गरे। साउन्ड सिस्टमले चौतारीका जेष्ट नागरिकलाई रमाइलो गर्न र मनोरन्जन लिन सजिलो हुने सल्लाहकार राधा पाठकको भनाई छ । समाजसेवी लुईटेलको सामाजिक काम प्रति स्थानीयहरुले खुशी प्रकट गरेका छन् । उनी अहिले गरिव र दिनदुखीको अभिभावक भएका छन् । उनले कानेपोखरी गाउँपालिकामा विभिन्न खालका सहयोग, खेलकुद समाग्रीहरु वितरण जस्ता कार्य गर्दे आएका छन् ।

    यसैगरी समाजसेवी लुईटेलको अग्रसरतामा कानेपोखरीमा नेपाल महिला संघले देउसी भैलो कार्यकम संचालन गरेको छ । उक्त देउसी भैलो कार्यक्रमको उद्घाटन सांसद लोक प्रसाद संग्रौला र नेपाली कांग्रेस मोरङका जिल्ला सचिव मोदराज घिमिरेले संयुक्त रुपमा वडा नं ७ वाट गरेका थिए । देउसी भैलो कार्यक्रममा कांग्रेस नेता डा. सुनिल शर्मा र प्रदेश सांसद सुर्यमाराज राईको उपस्थिति रहेको थियो । देउसी भैलो कार्यक्रमवाट उठेको रकमले कानेपोखरीमा रहेका असक्त, असहाय, अपाङगता भएका व्यक्ति र खनजोत गर्ने जग्गा जमिन समेत नभएका परिवारलाई सहयोग गर्ने समाजसेवी लुईटेलले वताए ।

    नेपाल महिला संघले संचालन गरेको देउसी भैलोको ब्यानरमा पनि असक्त तथा असाहायसँग कानेपोखरी नेपाल महिला संघ लेखिएको छ । पछिल्लो समय कानेपोखरीमा नेपाल महिला संघले समाजिक कार्यमा ब्यापक सकृयता बढाएको देखिन्छ । यसपालीको हरितालिका तिजमा पनि महिलाहरूको सकृयतामा बहुसंख्यक महिला दिदी बहिनीहरूलाई सहभागी बनाई तिज कार्यक्रम मनाइएको थियो । देउसी भैलो कार्यक्रम संयोजक कमला योन्जन, सचिव कोपिला कार्की, कोषाध्यक्ष डिल्लीमाया बस्नेत र अन्य सदस्यहरूको संयोजनमा सम्पन्न भएको थियो ।

    सो कार्यक्रमलाई सफल बनाउन समाजका प्रतिष्ठित व्यक्तिहरु योगेन्द्र दाहाल, किर्तिमान मादेन,मनु गुरुङ, टंकेश्वरी याखा, हेम नारायण चौधरी, रुपा लिम्बु, सन्तोष लिम्बु, सुमन बराल ईन्दिरा राजबंसी, उदय बहादुर कार्कि, आयुष कार्की  टंकमाया लुईटेल, नगेन्द्र लुईटेल, सन्तोष फुयाँल, देबि भण्डारी, उर्मिला फुयाँल, शोभा रिजाल, बिमला कोईराला, लिला श्रेष्ठ, यादव भट्टराई, फडिन्द्र निरौला, नकुल भट्टराई, नगेन्द्र भट्टराई, युवराज निरौला, हिम प्रसाद तिम्सिना, चन्द्री देबि धिमाल, पम्फा धिमाल, राम मगर, जब्बर बहादुर राई, अमृत लिम्बु, रत्न भुजेल, समिर राई, चन्द्र गुरुङ, भरत राई, बम बहादुर पौडेल, बिजय किस्कु, खगेन्द्र बस्नेत, टेक बहादुर मगर, शङ्कर तामाङ, गङ्गा उप्रेती, रविलाल राजवङ््शी, बेदमाया चौलागाई, कुमिता मण्डल, लक्ष्मी लिम्बु, दुर्गा सापकोटा, तारा आचार्य, टिका थापा, सनुजा बस्नेत, शिव पन्थी, डम्बरबहादुर बुडाथोकी, तारा कार्की, तेज कुमारी भट्टराई, राजेन्द्र दाहाल, दिपक चौलागाई, सिता सुवेदी, चन्द्र माया तामाङ, कल्पना सङ्ग्रौला, तिर्थ कार्की, रुपा भट्टराई, कुमार विष्ट लगायतको भूमिका रहेको थियो । बृद्ध चौतारी कानेपोखरीकी सल्लाहकार सदस्य राधा पाठकको पनि कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भुमिका रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…