• काठमाडौं । विधान विपरित पार्टीका केन्द्रिय विभाग बढाउने प्रस्ताव सभापति शेरबहादुर देउवाले गरेपछि नेपाली कांग्रेसमा पुनः विवाद भएको छ ।

    पार्टीमा पबदाधिकारीको संख्या बढेकाले विभाग पनि बढाउनु पर्ने देउवाको प्रस्ताव स्पष्ट रुपमा तीन गुटमा विभक्त कांग्रेसका अर्का दुई गुट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले अस्वीकार गरेका छन् ।

    जसका कारण विहिबार आसन्न उपनिर्वाचनका सम्बन्धमा छलफल गर्न बस्ने भनिएको केन्द्रिय समिति बैठक बस्न सकेन । देउवाका कारण फेरीे कांग्रेसमा किचलो बढेपछि कांग्रेसजनहरु तनाबमा परेका छन् ।

    पार्टी, नेता कार्यकर्ताको हितमा भन्दा आफ्नो हितमा देउवाले प्रस्ताव गर्न थालेपछि पछिल्लो समय कांग्रेसमा विवाद बढ्दै गएको पौडेल पक्षको बुझाई छ । त्यसको अन्तिम उदाहरण यो हो ।

    केन्द्रिय समिति बैठकमा विभाग बढाउने प्रस्ताव हुने भएपछि आफुहरु सहभागी नहुने नेता पौडेल र सिटौलाले गरेपछि देउवाले १४ कात्तिकसम्म केन्द्रिय कार्यसमिति बैठक स्थगित गरे ।

    पदाधिकारी बैठकमा केन्द्रिय समितिमा पेश गर्ने अर्कै एजेण्डाबारे छलफल गर्ने तर, बैठकमा सल्लाह नै नभएको एजेण्डा पेश गर्न खोज्दा विवाद हुँदै आएको छ ।

    ‘पदाधिकारी बैठकमा भएका सल्लाहभन्दा फरक प्रस्ताव बैठकमा आउन थालेपछि बैठक बस्न सकेन,’ नेता पौडेलले सञ्चाकर्मीहरुलाई बताउदै भन्छन ‘छलफल अर्को गर्ने भनेर बैठक डाक्नुहुन्छ, एजेण्डा त्यस विपरितका ल्याउनुहुन्छ, मान्ने कुरै हुँदैन ।’

    सभापति देउवाले पार्टीमा पदाधिकारी संख्या बढेकाले विभाग पनि बढाउनुपर्ने प्रस्ताव गरेपछि थपिने विभागको संख्या उल्लेख भने नगरेको शिर्ष नेताहरुको बैठकमा सहभागि एक नेताले बताए । अहिले भएकै विभाग गठन हुन नसकिरहेका बेला थप विभागको औचित्य के भन्ने प्रश्न देउवाको यो प्रस्तावले उव्जाइदिएको छ ।

    कांग्रेसको विधानले २८ विभागको व्यवस्था गरेको छ । विभाग गठनका लागि नेताहरूबीच पटक पटक छलफल भए पनि टुंगोमा पुग्न नसकेको बेलामा विभाग थप्ने प्रस्तावले पार्टीमा झन विवाद ल्याउनेमा दुई मत रहन्न ।

    विभागको संख्या बढाउने सभापति देउवाको प्रस्तावप्रति संस्थापन पक्षकै नेताहरूसमेत असन्तुष्ट रहेका स्रोत बताउँछ । ‘यो प्रस्ताव किन आयो हामीले पनि बुझ्न सकेनौं,’ सभापति देउवानिकट एक नेताले भने, ‘भएका विभाग गठन गर्न नसकिरहेका बेला थप विभाग किन चाहियो ? यसको कुनै औचित्य नै देखिएन ।’

    सिमित कोठरीमा रमाउने देउवाले त्यही कोठरीका कुरा सुन्दै प्रस्ताव ल्याउने गर्छन । कोठरीले दिएको सुझाव उपयुक्त हो या होइन भन्ने आफुले मुल्याङ्कन गर्ने ल्याकत उनले राख्दैनन ।

    व्यक्तिगत स्वार्थका पछाडि सदैव दौडने देउवाका कारण कांग्रेसको अवस्था झन कमजोर हुने चिन्ता सबैमा देखिएको छ । अभियान टाइम्सबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…