• विराटनगर, कार्तिक १६ गते । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ व्रतालुको रुपमा दण्डवत् प्रणामयात्रा गर्नुभएको छ । परम्परागत रुपमासर्वसाधारणले आफ्नो मनोकांक्षा पूरा होस् भन्ने कामना गर्दै घस्रिएर गरिने दण्डवत् प्रणाम यात्रामा मेयर पराजुली समेत सामेल हुनुभएको हो ।
    अस्ताउँदो सूर्यको साँझमा हुने उपसनाका लागि मेयर पराजुलीले शनिबार बिहान १० बजेर ३० मिनेटदेखि दण्डवत् गर्दै प्रणामयात्रा सुरु गर्नुभएको छ । विराटनगर–३ शिव पञ्चायन मन्दिर ३.५ किलोमिटर दण्डवत् यात्रा तय गरि साँझमा सिंघिया घाटमा सुर्यको उपसना गर्ने कार्यक्रम रहेको छ ।
    मेयर पराजुलीको यो १६ औं पटकको दण्डवत् प्रणामयात्रा हो । यसवर्ष पराजुलीसँगै उहाँकी धर्मपत्नि रञ्जीता र भतिजा प्रमेश पराजुली समेत साथमा रहनुभएको छ । मेयर पराजुलीको यात्रा हेर्नेको घुँइचो समेत सडकमा लागेको छ ।



    छठ निराहर ब्रत बसेर दण्डवत् प्रणाम गर्दै जलासयसम्म यात्रा गर्दा सोचेको मनोकांक्षा पूरा हुने मान्यता छ । पराजुलीले महानगरको शान्ति र समृद्धिको कामना गर्दै आफूले छतको व्रत बसेको बताउनु भएको छ ।
    छठका लागि विराटनगरका खोला, पोखरी र नहरहरूलाई विशेष रूपले सजाइएको छ । विराटनगरको सिंघिया, केसलिया, सुनसरी मोरङ सिंचाई आयोजनाको नहर, मण्ठा पोखरीलगायतका स्थानमा घाट निर्माण गरी श्रद्धालु भक्तजनले अस्ताउँदो सुर्यलाई अर्घ दिने तयारी भव्य रुपमा गरिएको छ ।
    शनिबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । आइतबार बिहान उदाउँने सूर्यलाई अर्घ दिए पछि चार दिन लामो ब्रत सम्पन्न हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…