रोसन भट्टराई
झापा । बुद्धशान्ति गाउँपालिकामा एक पछि अर्को दुर्घटनाका खबरहरु निरन्तर आइरहेका छन् । हिजो मात्र करेन्ट लागेर २ जना मामा भान्जाको ज्यान गएको थियो भने आज बुद्धशान्ति ३ स्थित प्रेटोल पम्प तल नालीमा लडिरहेको अवस्थामा एक महिलाको शव भेटिएको छ ।
अन्दाजी ४० वर्षिय स्थानीय पुनम परियारको शव नालीमा लडिरहेको अवस्थामा आज आइतबार करिब ९ बजे तिर भेटिएको हो ।
रातको समयमा दुर्घटनामा परि मृत्यु भएको हुन सक्ने र थप जानकारी प्राप्त भएपछि बताउने इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।
आमा राती घर नआउनु भएको र रातको समयमा खोजी गरिएतापनि नभेटिएको तर विहान त्यहाँ मृत अवस्थामा भेटिएको उनका छोरा सिनु परियारले जानकारी दिएका छन् ।