झविन्द्र देवकोटा/बुटवल- रुपन्देहीको देवदहका ६ जना बालबालिकाले देउसी भैलो खेलेर संकलन गरेको रकमले अनाथ तथा असहाय वृद्धवृद्धालाई खाना खुवाएर खुसि साटेका छन् । उनीहरुले तिहारमा देउसी भैलो खेलेर संकलन गरेको ६ हजार एक सय रुपैया वरावरको खाना मानव सेवा आश्रम बुटवलमा आश्रित अनाथ, असहाय तथा वृद्धवृद्धालाई खुवाएर खुसि साटेका हुन् ।विभिन्न
विद्यालयको मावि तहमा अध्ययन गर्ने देवदह वडानम्बर १० का ६ जना बालबालिकाहरुले देवदहका विभिन्न स्थानमा देउसी भैलो खेलेर उक्त रकम संकलन गरेका थिए । आश्रममा एक कार्यक्रमको आयोजना गरि उनीहरुले ४५ जना अनाथ असायह तथा वृद्धवृद्धालाई खाना खुवाएको मानव सेवा आश्रम रुपन्देहीका संयोजक सरु अधिकारीले जानकारी दिनुभयो ।