• सरकारले सातवटै प्रदेश प्रमुखलाई बर्खास्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णय माथी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले घोर आपत्ति जनाउदै द्वन्द्व निम्त्याउने संकेत दिएको छ ।

    नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मिडिया संग कुराकानी गर्दै भने: "सरकारको यो निर्णय भनेको द्वन्द्व निम्त्याउने बाटो रोजेको हो । देश विकासको लागि गर्नुपर्ने धेरै कामहरु छन् जुन तिर ध्यान नदिएर सरकारले पूर्वाग्रही पाराले यस्तो निर्णय गरेको हो जसमा हाम्रो घोर आपत्ती छ ।"

    सरकारको उक्त निर्णयमा पार्टीले कस्तो कदम लिन्छ भन्ने बारे प्रवक्ता शर्माले खुलाएनन् । पार्टीका नेताहरु संग छलफल गरेर मात्र आगामी कदम चाल्ने उल्लेख गरेका छन् ।

    तत्कालीन एमाले र माओवादीले ७ प्रदेशका प्रदेश प्रमुख नियुक्ति प्रति आपत्ति जनाएको थियो । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गर्दा नेकपाको सरकार गठन संगै हटाउन खोजेको थियो तर हुन सकेको थिएन ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…