काठमाडाैं । उपनिर्वाचनको आचारसंहिता लागिसकेको अवस्थामा सरकारले प्रदेश प्रमुखहरुलाई विना कारण हटाएर आफ्नो स्वेच्छाचारी चरित्र देखाएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले बताएका छन् ।
ओली सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई अप्रत्यासित रुपमा हटाएको प्रति आक्रोस ब्यक्ति गर्दै डा. कोइरालाले उक्त कुरा बताएका हुन् ।
‘प्रदेश प्रमुख हटाउन पाउने संबैधानिक अधिकार सरकारलाई छ । कि सरकार गठन लगत्तै हटाउनु पर्दथ्यो तर अहिले आएर गरिएको यो निर्णयले हामीलाई गम्भिर बनाएको छ ।’ डा. कोइरालाले भनेका छन् ।
सरकारको यो निर्णयले सहकार्यको राजनीतिको ढोका बन्द गर्ने काम गरेको डा. कोइरालाको भनाई छ । उनले संघियतालाई असफल बनाएर मुलुकलाई फेरी द्धन्द्वमा लैजाने खेल ओली सरकारबाटै भैरहेको जिकिर समेत गरेका छन् ।