चितवन — ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेको आरोपमा चितवन प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । 'नेपलका लागि नेपाली' अभियानमा संलग्न शाहीमाथि असोज ११ मा भरतपुरमा आक्रमण भएको थियो । शाहीले आफूलाई भ्रष्टाचार विरोधी अभियानको अभियन्ता बताउने गरेका छन् ।
शाहीमाथि भरतपुरमा दिउँसै आक्रमण भएको थियो । उनको टाउकामा चोट देखिएपछि उपचारका लागि काठमाडौं पठाइएको थियो ।
पक्राउ परेका व्यक्तिका विषयमा चितवन प्रहरीले आधिकारिक जानकरी सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार प्रहरीले आइतबार भरतपुर-११ का ३३ वर्षीय अबिरल पोखरेललाई नियन्त्रणमा लिएको छ । शाहीमाथि आक्रमण भएपछि कात्तिक १ गते ज्यान मार्ने उद्योगम उजुरी परेको थियो ।