• उर्लाबारी । मोरङको उर्लाबारीस्थित अरनिको हस्पिटल प्रालिले आर्थिक अभावमा उपचारमा समस्या भएकि अस्मिता शर्माको निसुल्क उपचार गरिदिएको छ । हात भाचिएर आयुर्बेद उपचार गरेर निको नभएकी शर्माको अरनिको हस्पिटल प्रालिले निशुल्क उपचार गरिदिएको हो ।

    शर्माको हातको अपरेसन हाडजोर्नी विशेषज्ञ डाक्टर सन्दिप अधिकारीले गरिदिनु भएको थियो । बिरामीले केहि दिन हस्पिटल मै आराम गर्नु पर्ने र सम्पूर्ण उपचार निशुल्क गरिदिने डाक्टर अधिकारीको भनाइ छ ।

    अस्मिताको आमाले हस्पिटल परिवारलाई धन्यवाद दिदैं सबैतिर जाँदा नि उपचार रोकिएको र अरनिको हस्पिटलले निशुल्क उपचार गरिदिएर ठुलो गुन लगाएको बताउनुभये । उहाँले भन्नुभयो, यहाँ सरहरुले निशुल्क उपचार गरिदिनुभयो नत्र मेरो छोरीको हात नै झर्ने थियो ।

    हस्पिटलका सस्थापक सदस्य बिस्वास पोमुले आर्थिक अभाब कै कारण उपचार गर्न समस्या भएको याचना गरेपछी निशुल्क उपचार गरिदिएको बताउनु भयो । हस्पिटलले बिपन्न परिवारलाइ छुट र आर्थिक अभाव भएकालाइ उपचारमा सहयोग गर्दै आएको हस्पिटलका अध्यक्ष लोलिम पोमुले बताउनु भयो ।

     

    https://www.youtube.com/watch?v=A4SvyFO1zMw

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…