• शिवसताक्षी/नेविसंघ झापाको आयोजना र शिवसताक्षी नगर समितिको सहआयोजनामा आज झापाको धार्मिक पर्यटकीयस्थल सताक्षीधाम परिसरमा सरसफाई गर्नुका साथै डस्टविन वितरण गरेको छ ।

    संघले सताक्षीधाममा यहि कार्तिक २३ गतेदेखि १२ दिन सम्म हुने १०८ कुण्ड कोटीहोम महायज्ञलाई लक्षित गर्दै विद्यार्थीहरुले सो सरसफाई कार्यक्रम संगै महायज्ञस्थलमा फोहोर फ्याक्ने डस्टविन राखेका हुन् ।

    नेपाली कांग्रेसकी संघीय सांसद महेन्द्रकुमारी लिम्बुको प्रमुख आतिथ्य र संघका जिल्ला सभापति भुवन बुढाथोकीको अध्यक्षतामा भएको सो कार्यक्रममा धाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बा, धामका गुरु नन्दराज भारद्धाज, संघका पूर्व जिल्ला सभापति नारायण गिरी, शिवसताक्षी ६ का वडाध्यक्ष मनोज खुलाल लगायतको विशेष आतिथ्य रहेको थियो ।

    संघका जिल्ला सचिव विनोद चापागाइँले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य संघका नगर सभापति दिवस बाँस्कोटाले राख्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…