• यदि धान काटिसकेको भए बुधबार साँझसम्म स्याहार्न र यदि धान नकाटेको भए मंगलबार र बुधबार नकाट्न आग्रह

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र केही तराईका भूभागमा कुहिरो लागेको अवस्था छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको छ।

    महाशाखाले देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको संभावना रहेकोले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

    मौसमविद् शान्ति कर्णेलका अनुसार अरब सागरबाट बनेको चक्रवात कमजोर भए पनि त्यसको प्रभावले गर्दा नेपालमा केही असर देखिएको छ । मंगलबार देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशका पूर्वी र मध्य पहाडी भूभागको १–२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    मंगलबार तराईमा हुस्सु र कुहिरो देखिएको छ र यसको प्रभाव रहिरहने मौसमविद् कर्णेलले बताइन् ।

    बुधबार पनि देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशका पश्चिमी भूभागको १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    राति देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदmस् रहने छ । देशका पश्चिमी भूभागको १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    बुधबार बेलुकीदेखि खतरा
    बुधबार बेलुकीदेखि भने मौसम धेरैजसो बिग्रने देखिएको छ । मौसमविद् कर्णेलका अनुसार बुधबार बेलुकीदेखि पश्चिममा बढी नै क्षति गर्नेछ । बुधबार बेलुकीदेखि असिनासमेत पर्ने भएकाले कृषकले बढी नै क्षति व्यहोर्नुपर्ने देखिएको छ ।

    विशेषगरी पोखरादेखि पश्चिमको भूभागमा बढी क्षति गर्ने देखिएको भन्दै मौसमविद् कर्णेलले यदि धान काटिसकेको भए बुधबार साँझसम्म स्याहार्न र यदि धान नकाटेको भए मंगलबार र बुधबार नकाट्न आग्रह गरेकी छिन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…