• सुनसरी । आगामी मंसिर १४ गतेको उपनिर्वाचन नजिकिएसँगै धरानमा राजनीतिक सरगर्मी बढेको छ । धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि विभिन्न राजनीतिक दलहरुले आ–आफनो उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा होमिएका छन् ।

    नेपाली कांग्रेसबाट प्रमुखको उम्मेदवार तीलक राई रहेका छन् । उनले चुनावी अभियानलाई तीव्रता दिएका छन् । तिहारअघिदेखि नै घरदैलो गर्दै मतदाता भेटघाट गरेको कांग्रेसले चुनाव लक्षित बृहत् प्रदर्शन गरेको छ ।

    धरान–१३ को जिरो प्वाइन्टदेखि बरगाछीसम्म कांग्रेसले बृहत प्रदर्शन गरेको हो । कांग्रेस धरान उपमहानगर समिति सचिव श्याम पोखरेलले कात्तिक ९ गतेदेखि नै चुनाव लक्षित घरदैलो कार्यक्रम सुरु गरिसकेको बताए ।

    प्रमुखका उम्मेदवार तीलक राई साविकको विष्णुपादुकामा घरदैलो अभियान सकेर सोमबार धरान–४ पाँचकन्यमा चुनावी अभियानमा रहेका छन् । घर दैलो कार्यक्रममा कांग्रेसको पक्षमा जनमत राम्रो देखिएको सचिव पोखरेलले बताए ।

    ‘नेकपाले धरानमा विगत ३० वर्षदेखि चुनाव जित्दै आएको छ, तर विकास भने सुस्त गतिमा छ । धरानको विकास र समृद्धिमा खासै प्रगति नदेखेका धराने जनता नेकपादेखि निकै निरास छन्,’ सचिव पोखरेलले भने, ‘धराने जनता मतदान गर्न नजाने मनस्थितिमा समेत रहेका छन् ।’

    धरानमा २०७४ सालको चुनावमा तत्कालीन एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर जितेका थिए । उनको प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार तिलक राईले १६ हजार १०२ मत प्राप्त गरेका थिए । एमालेसँग फराकिलो मतान्तरले हारेका उनै राई अहिले फेरि प्रतिस्पर्धामा उत्रिएका छन् । २०७४ को चुनावमा माओवादी र संघीय समाजवादीवीच तालमेल भएको थियो । दुई पार्टीका संयुक्त उम्मेदवार अइन्द्रविक्रम बेघाले त्यसबेला ११ हजार १८० मत पाएका थिए ।

    २० वटा वडाहरु रहेको धरान नगरपालिकामा २०७४ सालमा मतदाता संख्या ७९ हजार २९० थियो । अहिले मतदाता संख्या बढेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रका अनुसार यो पटक धरानबाट ९२ हजार ८५३ जनाले मतदाता रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…