• ----Hello goodevening dear everyone....!!
    ~द भ्वाइस् अफ नेपाल सिजन २ का टप १२ प्रतियोगीको लाईभ राउण्ड यहि शुक्रबार देखि प्रसारण हुदैछ ! तसर्थ भोट गर्नकोलागी आफ्नो मोबाईल मा "प्रभु पे" को एप download गर्नुहोला, साथै SMS बाट पनि भोट गर्न सक्नुहुनेछ | भोटिंग सम्बन्धि थप जानकारी आगामी पोस्ट हरुमा गर्नेछु ! Thank you all....plz keep loving keep supporting!!🎵🎵💙💙

    को हुन मेचु ? यस्तो छ साँगीतिक यात्रा

     

    पानीको फोका जस्तै फूट्यो हाम्रो माया
    नचाहँदा नचाहँदै ट्टुयो हाम्रो माया
    अलिकति तिम्रो गल्ती भो अलिकति मेरो गल्ती भो
    अलिकति नजर लाग्यो पापी दुनियाँको……….. गीतकार राजुबाबु श्रेष्ठको शब्द, सँगीतकार हरि लम्सालको सँगीतमा गायिका रेजिना रिमालले गाएको गीत हो यो । जुन गीतलाई अत्याधिकले मन पराएका थिए र हालसम्म पनि छन् । पुरुष आवाजमा मनोज राजले गाएका हुन् ।

    https://www.youtube.com/watch?v=iVSmP-Nykyw

    त्यही गीत गाएर अहिले चर्चामा छिन गायिका मेचु धिमाल । नेपालमा भइरहेको दोस्रो संस्करणको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को ब्लाइन्ड अडिसनमा उक्त गीत गाएर निर्णायकको मन जितेकी मेचु सानैदेखि गीत सँगीतमा सौखिन हुन् । मोरङ जिल्ला उर्लाबारी नगरपालिका—२ स्थाई घर भएकी मेचुको जीवनमा थुप्रै उतारचढाव आएका छन् ।

    १२ कक्षा पढिसकेपछि काठमाडौंमा गएकी मेचु सानैमा गाउने भन्दा पनि बढी नाच्ने गर्थिन । आफुलाई भारतिय प्रसिद्ध गायकगायिका सोनु निगम र श्रेया घोषालको ठूलो प्रशंसक भन्न रुचाउने मेचुलाई उनिहरुका गीतले प्रेरित ग¥यो । नाच्ने मेचु विस्तारै गाउनमा पनि रुचि राख्न थालिन । स्कुलमा पढदाताका गीतसँगीतबाट थुप्रै पुरस्कार पनि उनले जितेकी छिन् । गीतसँगीतका कार्यक्रमदेखि स्कुलमा हुने हरेक कार्यक्रममा मेचुको सहभागिता हुने गथ्र्यो ।

    मोरङबाट काठमाडौं पुगेपश्चात उनलाई केहि समय गाह्रो भयो । वातावरण अनुुकुल हावापानी नमिलेका कारण बिरामी भईन । काठमाडौंमा उनकी सानीआमा भएकाले मेचुलाई बस्न भने सहज थियो । तर उनले दुख नगरेकी भने होइनन् । आफ्नो खुट्टामा आफै उभिन रुचाउने मेचुलाई थाहा थियो संघर्ष र निरन्तरताको फल एकदिन अवश्य मिठो हुन्छ । त्यसपछि उनले आफुलाई थप उर्जाशिल बनाउन संगीत शिक्षा पनि लिइन् ।

    काठमाडौं एक विशाल शहर । जहाँ हजारौ मान्छेको भिड छ । सँगीतमा रम्नेहरुको जमात पनि काठमाडौंमा उत्पात नै छ । त्यही जमात बिचको एक नाम हो मेचु धिमाल । अहिले मेचुले संगीत बाहेक अरु केहि सोंचेकी छैनन् । विस्तारै संगीतले नै उनलाई व्यस्त बनाउन थालेको छ । आफै शब्द लेख्ने सँगीत भर्ने र गाउने कला भएकी मेचु अरुमा कमै भर पर्छिन । भन्छिन्— ‘सबै कुरामा निपुर्ण भएको राम्रो’ । पछिल्लो समय उनी रेर्कडिङमा पनि व्यस्त छिन । आफ्ना र अरुका गीतहरुलाई गाउन भ्याइनभ्याइ छ उनलाई । हिजो कसैले नपत्याउने मेचुलाई आज पत्याउन थालेका छन । सुर र सरगम गलामा भएर मात्र हुँदैन त्यसलाई प्रस्तुत गर्ने क्षमता र अवसर पनि चाहिने गर्छ । फेरि अवसर भएर मात्र कहाँ हुन्छ र ? त्यो अवसरलाई समात्न सक्ने खुबी पनि हुनुपर्यो । त्यही खुबी भएकी गायिका मध्ये पर्छिन मेचु धिमाल ।

    आफुलाई लामो यात्राको घोँडा सम्झिने मेचुलाई नचल्नुको कारण राम्रो अवसर अझै नपाएको हो जस्तो लाग्छ । पछिल्लो समयमा गीत सँगीतमा गरिने लगानीले पनि असर गरेको हो कि भन्ने भान उनमा छ । ‘जो संग कला छ ऊ संग पैसा छैन । अनि जो संग पैसा छ ऊ संग कला छैन । यस्तो अवस्था छ नेपाली सांगीतिक क्षेत्रको’—उनी भन्छिन् ।

    तरपनि निरन्तरताले सफलता मिल्नेमा उनी ढुक्क छिन । नेपालमा भएका रियालिटी शो हरु उनलाई पहिले भन्दा अहिले मन पर्छ । रियालिटी शो मार्फत आफ्नो कला प्रस्तुत गर्न सकिने र प्रचारप्रसारको राम्रो माध्यम बनेको उनको बुझाई छ । सामान्य स्तरका कलाकारलाई माथी उठाउने काम रियालिटी गरेको उनको भनाई छ । अहिले मेचु ‘द भ्वाइस अफ नेपाल’ दोस्रो संस्करणकी प्रतियोगी हुन । उनले उक्त प्रतियोगितामा ब्लाइन्ड अडिसन पार गरिसकेकी छिन ।

    ब्याटल राउन्डका लागि तयारी गरिरहेकी मेचुले अडिसनको अनुभव साट्दै भनिन् —‘हामीले बाहिरबाट अरुको विषयमा बोल्नु र त्यहाँ गएर आफैले गाउनुमा धेरै फरक हुने रहेछ । यो भन्दा अघि मैले पनि अरुले गाएको सुनेर प्रतिक्रिया दिने गर्थे तर त्यहाँ गइसकेपछि मात्र थाहा भयो रियालिटी शोको अनुभव ।’

    हालसम्म आफु प्रेममा नपरेको मेचु बताउछिन । भन्छिन— ‘अहिलेसम्म मनले चाहेको आँट भएको कोहि पाएकै छैन, खोजीमा छु ।’ लामो हाँसो अनि ठट्टा गर्दै बरु तपाई पनि सहयोग गरिदिनु न ।
    गीतसँगीतमा लाग्दा मेचुलाई बितृष्णा पनि नभएको होइन् । अहिले पनि बेलाबेलामा ‘फ्रष्टेसन’ हुने गर्छ । यसतो बेला मेचु गितार समाउछिन अनि धुन बनाउनतर्फ लाग्छिन् । गीतसँगीत बाहेक आफुले अरु केहि नदेखेको मेचु बताउछिन् । गाउन सँगसँगै मेचुलाई यात्रा गर्न र खेतबारीमा काम गर्न मन पर्छ ।

    https://www.youtube.com/watch?v=UC6ICm2v9hQ&feature=youtu.be&fbclid=IwAR2Q1Q2Dg2HDetysj_9V_83VvDurkcKECHrc6klrvm2r5k2LPnZKMu4OQpY

    साहाकारी मेचुले खानामा मसरुम चाहिँ मिठै बनाउछिन् रे । नेपालका गायक गायिका अरुणा लामा र अनिल सिंहबाट मेचु प्रभावित छिन् । सँगीतनै छोडेर अभिनयमा लाग्न आफु असमर्थ रहेको मेचुले बताइन् । अभिनय नगर्नेनै होइन । आफ्ना गीतहरुमा आफै अभिनय गर्ने सोंच भने उनमा छ ।

    मेचु सामाजिक सञ्जालमा बढी प्रयोग फेसबुकनै गर्छिन् । फेसबुकको म्यासेन्जरमा मेचुलाई ‘आइ लभ यु’ भन्ने हरुको जमात पनि थुप्रै छ । मेचु फेरि ठट्ठा गर्दै भन्छिन— ‘अब त उमेर पनि भइसक्यो । यो उमेरमा यस्तो म्यासेज आएन भने कुन उमेरमा आउँछ ?’

    मेचुलाई मेकअप बढी गरेको मन पर्दैन । उनी आफु पनि सामान्य मेकअप गर्छिन् । समय अनुसार आफुलाई पनि परिमार्जित गर्दै लैजानुपर्ने बानी उनमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…