•  

    काठमाडौं । दशैं तिहार सकिए लगत्तै निजी हवाई कम्पनीहरुले हुम्लामा उडान भर्न छाडेपछि यतिबेला हुम्लामा हवाई टिकटका लागि मारामार भइरहेको छ । एक विहानदेखि लाइनमा बसेपनि सर्वसाधारणहरुले टिकट नपाउँदा निक्कै दुख खेप्नु परेको यात्रु हिरालाल दमाईले गुुनासो गरे ।

    सर्वसाधारण १० डिग्री चिसोको एका बिहानदेखि लाइनमा बसेपनि उनीहरुले टिकट नपाएर पुन घर फर्कनु परेको अर्का यात्रु धनलाल कामीले बताए । यतिबेला हुम्लामा हवाई टिकटमा भने ठुलावडाहरुको हालीमुहाली हुन थालेको यात्रुले अरोप लगाएका छन् ।

    हवाइ पटकटका लागि अहिले मन्त्रीदेखि गाउँपालिका पदाधिकारीहरुको पावर लाग्ने गरेको छ । सडक संजाललले नछोएको जिल्ला हुम्ला एक मात्र अन्तर जिल्लासंग जोड्ने हवाई यात्रा भएकाले पनि स्थानियबासीले कष्ट झेल्नु परेको हो ।

    दशैं तिहार विदामा घर पुगेका विद्यार्थीहरुको यतिबेला सिमकोटमा बिचल्ली हुने गरेको स्थानियबासी दाने रावतले बताए । ‘छोराका लागि टिकट लिन भने विमानस्थल धाएको चार दिन भयो तर हामीले टिकट पाएनौ विमानहरुको कार्यालय बन्दका बन्द नै हुन्छन् विमानस्थल भित्रबाटै आफ्न्त तथा ठुला बडाको सिफारिसमा टिकट वितरण गर्ने गरेकाले सर्वसाधारणहरुले सास्ती खेपिरहनु परेको छ’, रावतले दुखेसो गरे ।

    काठमाडौँमा अध्यानरत सिमकोट ५ की बिनी परियार टिकटटका लागि विमान स्थलमा थाउदाँ थाउँदै ७ दिन भएको भएपनि टिकट नपाउँदा पढाइ नै छुटेको बताउँछिन् । तर पनि कसैले वास्ता नगर्दा अब उनी टिकटका लागि विमान स्थल जान नै छोडेको बताउँछिन् ।

    जिल्लाभरिका स्थानियबासीहरु चिसो छल्नका लागि तराई झर्नेको संख्या पनि त्यत्तिकै रहेको छ । यतिबेला सिमकोट विमानस्थलमा एकाविहानैदेखि टिकटको जमात्रा लाग्ने गरेको छ । भारतिय नागरिक हुम्ला आउने सिजनमा बेलुका ६ बजेसम्म उडान भर्ने गरेका निजी हवाईहरु अहिले पूर्वतिर लागेपछि हुम्लामा उडानको समस्या हुदै आएको एयरलाइनसले बताएका छन् । पार्टीको कामका लागि हवाई चार्टर गर्ने दलका नेताहरु अहिले भने मौन रहेको छन् ।

    ‘जिल्लामा दशैं तिहार मानन आएका बालबालिकाहरुले टिकट नपाउँदा उनीहरुको पढाई छुटेको कसैले वास्ता गदैन्, हामीले भोट दिएका नेताहरु आफ्ना मान्छेलाई टिकटका लागि भने फोन गरेर टिकट मिलाउदा सर्व साधारण मर्कामा पर्छन्’, स्थानिय जीवन सिहंले भने ।

    अबका बर्षमा दशैं तिहारमा नआउने मोडमा रहेको विद्यार्थी सरोत रावतले बताए । हुम्लामा आउँदा टिकट नपाउने पढाई मात्र छुट्ने भएकाले पनि अबका बर्षमा जिल्लामा नआउने अर्का विद्यार्थी रण बहादुर बोहराको भनाइ रहेको छ ।

    हवाई टिकटकै विषयलाई लिएर सोमबार तारा एयरलायनका कर्मचारी र यात्रु बिच झडप हुँदा यात्रुले लिष्ट समेत च्यातेको निउँमा यात्रुलाई प्रहरीले पक्राउ गर्यो । दिनभरिको छलफल पछि दुर्व पक्षले झैझगडा नगर्ने शर्तमा मिलापत्र गरे छोडिएको थियो । लाइनमा बसेपनि टिकट प्याक छ भन्दै विमानका कर्मचारीहरु पन्छिने गरेकाले सर्वसाधारणहरुले दुख पाउँदै आएका छन् ।

    उता एयरलायनसले भने समानुपातिक ढंगले टिकट वितरण गरिरहेको बताउँदै आएका छन् । हवाई उडानका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विनीता भट्राइले बताइन् । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…