• काठमाडौं । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार डिल्लीबजार कारागार चलान भए।

    कारागारको बसाइ सुरु हुनुअघि उनको स्वास्थ्य परीक्षण भयो । कारागार प्रशासनले गरेको स्वास्थ्य परीक्षणको नतिजा थियो- महराको स्वास्थ्य सामान्य छ। कारागार चलान हुनुअघि महरा २५ दिनसम्म राजधानीकै महँगो मानिने नर्भिक अस्पताल भर्ना भएका थिए ।

    उनलाई 'सिरियस बिरामी' भएको भन्‍ने विषयमा चिकित्सकको समेत मिलेमतो भएको पाइन्छ । उनी पक्राउ परेको केही दिनमै बिरामी भएको भन्दै नर्भिक अस्पताल भर्ना भएका थिए। प्रहरी अनुसन्धान, सरकारी वकिलको अभियोग पत्र दर्तादेखि अदालतको थुनछेक आदेश आउँदासम्म महरा नर्भिकमै क्याबिन लिएर बसे ।

    त्यसैगरी दुई करोड ६७ लाख नगदसहित जुवाखालबाट पक्राउ परेकामध्ये केही जुवाडे हिरासत छल्न अस्पताल भर्ना भएका छन् । पक्राउ परेका २५ मध्ये आठजना केही दिनयता अस्पतालमा छन् । पक्राउ परेकामध्ये पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्की, पवनकुमार गुप्ता, शम्भुकुमार बुढाथोकी, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल र रञ्जन राजवंशी ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

    ‘कोही प्रेसर त कोही मुटुको रोगी भन्दै अस्पताल भर्ना भइरहेका छन्,’ महानगरीय प्रहरी वृत्त महाराजगन्जका एक प्रहरी अधिकारीले भने, ‘चिकित्सकले नै भर्ना गर्ने निर्णय गरेपछि हामीले रोक्न सक्ने अवस्था भएन ।’ तर, हिरासत छल्नकै लागि उनीहरू त्यसरी अस्पतालमा भर्ना भएको स्रोतको दाबी छ । उनीहरू अस्पतालमा क्याबिनमा बसेका छन् । अस्पताल भर्ना भएका पवित्रकुमार नेपाल विमान सञ्चालक संघका पूर्वअध्यक्ष हुन् । त्यस्तै, श्रवणकुमार सनराइज बैंकका पूर्वसञ्चालक हुन् । इन्द्रबहादुर श्रेष्ठ उद्योग वाणिज्य संघ दोलखाका पूर्वअध्यक्ष हुन् ।

    पक्राउ परेका अन्य १७ जना भने महाराजगन्ज हिरासतमै छन् । खुवा खेलाउने विक्रम गौतमसहित रामकृष्ण केसी, अशोक श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ, कृष्णहरि भण्डारी, सोभित सिलवाल, गेल्जे लामा, बलराम सापकोटा, धावा लामा, मुक्ति लामा, प्रेम थापामगर, बुद्ध लामा, साङ्बु शेर्पा, लक्ष्मण तामाङ, प्रदीप बोगटी, श्यामप्रसाद पराजुली प्रहरी हिरासतमै छन् ।

    पक्राउ परेका सबैको प्रहरीले बयान लिइसकेको छ । तर, मुद्दा दायर प्रक्रिया भने अघि बडाइएको छैन । आइतबार मात्र उनीहरूलाई काठमाडौं जिल्ला अदालतले थप सात दिन थुनामा राख्न म्याद दिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…