• काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदहरूमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगले सम्बद्ध जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन हुने जनाएको छ ।

    आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले उम्मेदवारी दर्ताको समय बिहीबार बिहान १० देखि अपराह्न १ बजेसम्म तोकिएको बताए । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं. २, प्रदेशसभातर्फ भक्तपुर १(१), बाग्लुङ २(२) र दाङ ३(२) क्षेत्रमा निर्वाचन हुँदै छ ।

    रिक्त स्थानमा उम्मेदवारी दिनेले नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम भएको प्रमाण तथा राजनीतिक दलका तर्फबाट उम्मेदवार बन्नेले सम्बद्ध दलबाट प्राप्त औपचारिक पत्र मनोनयनपत्रसँगै बुझाउनुपर्नेछ ।

    प्रतिनिधिसभाको उम्मेदवारले १० हजार र प्रदेशसभाको उम्मेदवारले ५ हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ । प्रवक्ता श्रेष्ठका अनुसार मतदानमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी ल्याउने उम्मेदवारले मात्र धरौटी फिर्ता पाउनेछन् ।

    उम्मेदवारले सम्बन्धित निर्वाचन क्षेत्रका मतदातामध्येबाट एक/एक जना प्रस्तावक र समर्थकसमेत राख्नुपर्छ । एक व्यक्ति एक उम्मेदवारको मात्र प्रस्तावक र समर्थक बस्न पाउँछन् । मनोनयन फारममा उम्मेदवारले आफ्नो सम्पत्तिको स्वघोषणासमेत गर्नुपर्ने श्रेष्ठले बताए ।

    मंसिर १४ मै स्थानीय तहका रिक्त स्थानको पनि उपनिर्वाचन हुँदै छ । उक्त तहको उम्मेदवारी मनोनयन कात्तिक २७ मा हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…