• कार्यपालिका बैंकक माग गर्दै गौरादहमा नेकपाले बुझायो ज्ञापन पत्र
    राजु पोख्रेल
    दमक । झापाको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले नगरपालिका तोडफोडमा सलग्नलाई बचाउन खोजेका छन् । असोज १३ गते नगरपालिकामा भएको तोडफोडमा सलग्न कांग्रेस कार्यकर्तालाई कारवाही गर्नुपर्ने माग सहित नेकपाका जनप्रतिनिधीले शाहलाई ज्ञापनपत्र बुझाएका छन् ।

    कार्यपालिका बैठकलाई टार्दै आएका शाहले तोडफोडमा सलग्नलाई कारवाही गर्नुपर्ने माग नेकपाका कार्यपालिका सदस्यले गरेपछी बैठक स्थगित गरेका थिए ।

    लामो समयदेखि पटक पटक आग्रह गर्दा समेत बैठक बोलाउन अस्वीकार गरेका बताईन्छ ।

    नेकपाका तर्फबाट निर्वाचित १३ जना कार्यपालिका सदस्यले तत्काल बैठक नबोलाए अन्य बिकल्पमा जाने चेतावनी समेत दिएका छन् । अघिल्लो बर्ष प्रमुख शाहले बैठक राख्न नमानेपछी नेकपाका जनप्रतिनिधीले उपप्रमुख गिता भेटवालको अध्यक्षतामा कार्यपालिका बैठक गरेका थिए ।

    गौरादह १ का वार्ड अध्यक्ष नगेन्द्र भण्डारीले प्रमुख शाहको दम्भका कारण नगरपालिका अनिर्णयको बन्दी भएको आरोप लगाए ।
    नगरपालिका तोडफोड गर्न उकास्ने अनि कारवाही गरौं भन्दा बैठकनै राख्न अस्वीकार गर्ने ? उनले प्रश्न गरे, एउटा सरकारको नेतृत्व गरेको मान्छेको यहीँ हो नैतिकता ?

    भण्डारीले पटक पटक माग राख्दा समेत बेवास्ता गरेका कारणले बाध्य भएर ज्ञापनपत्र बुझाउनु परेका बताए । तत्काल बैठक बोलाएर तोडफोडमा सलग्नलाई कारवाही नभए हामी अन्य बिकल्पमा समेत छलफल गर्ने छौ, उनले भने, तर अहिले हामी सहमतिकै माध्यमबाट अघि बढौ भनेका छौ । भण्डारीले तोडफोडमा कांग्रेसका क्षेत्र, नगर स्तरका कार्यकर्ता र नेताको सलग्नता देखिएको बताए । नगरपालिकाको सिसि क्यामरामा कैद भएको दृश्ममा नै सबै देखिएको उनले बताए ।

    गौरादह ८ का धनवीर राजबंशीको योजनाको भुक्तानी लिन आउने बिषयमा नगरपालिकाका इन्जीनियर सचिन क्षेत्रीले ढिलाई गरेको र उनको त्यहीँ तनावले मृत्यु भएको दाबी गर्दै नगरपालिकामा तोडफोड भएको थियो ।
    राजबंशी नगरपालिकामै बेहोस भएपछी उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो । उनी बेरौती बजारमा टहरा निर्माण समितिका अध्यक्ष थिए । त्यसवापतको ३ लाख रुपैयाँ लिन नगरपालिका आएका थिए । नगरपालिकाले मृतक राजबंशीको परिवारलाई ५ लाख, इन्जीनियर क्षेत्रीलाई बर्खास्त समेत गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…