• काठमाडौं । मंसिर १४ गते देशभर उपनिर्वाचन हुँदैन । उपनिर्वाचनका समयमा मुख्य सुरक्षा चुनौतीका रुपमा विप्लव समूह रहेको छ । प्रदेश नम्बर ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, उच्च तहका सुरक्षा निकायका प्रमुखलाई राखेर संघीय र प्रदेश सरकारले बुटवलमा सुरक्षा गोष्ठि ग-यो। त्यो सुरक्षा गोष्ठिको मूल एजेन्डा बन्यो नेत्रविक्रम चन्द विप्लव समूह। प्रदेश ५ मा विप्लव नेतृत्वको नेकपाको प्रभाव क्षेत्र भएकाले आसन्न उपनिर्वाचनमा विप्लव समूहकै सुरक्षा चुनौती हुन सक्ने भएकाले सुरक्षा गोष्ठि त्यसैमा केन्द्रित भएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

    कात्तिक १८ र १९ गते दुई दिनसम्म गरिएको सुरक्षा गोष्ठिमा संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादल, मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी र उच्च स्तरीय सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो। गृहमन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहित नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान निर्देशक र पृतनापती बुटवलको सुरक्षा गोष्ठिमा भएकै बेलासमेत विप्लव समूहको पर्चा बुटवलमा भेटिएको थियो।

    विप्लव समूहको गतिविधिलाई निस्तेज पार्दै मंसिर १४ मा हुने उपनिर्वाचन लक्षित सुरक्षा रणनीति बनाइरहँदा कार्यक्रमस्थलकै वरपर विप्लव समूहको पर्चा भेटिएपछि सुरक्षा निकायलाई थप चुनौती थपिएको छ। गृहमन्त्री बादलले समेत विप्लव समूहले शान्तिपूर्ण व्यवस्था उल्ट्याउन चाहेकाले त्यसकोे सामनालाई पहिलो प्राथमिकतामा राख्न सुरक्षा निकायलाई निर्देशनसमेत दिए। गोष्ठिमा प्रदेश ५ मा विप्लव समूह र सिमावर्ती क्षेत्रमा हुने अपराधिक गतिविधि नै प्रमुख सुरक्षा चुनौतीका रुपमा देखा परेको सुरक्षा निकायहरुले रिर्पोटिङ गरेका थिए।

    विप्लव समूहको आधार क्षेत्रका रुपमा प्रदेश ५ लाई लिइएकाले पनि संघीय र प्रदेश सरकारले विप्लव गतिविधिलाई निस्तेज पार्दै शान्ति सुरक्षालाई मजबुद बनाउने निष्कर्ष निकालेको छ। बिशेष गरि कपिलवस्तु, दाङ, रोल्पा र रुकुममा विप्लव समूहको गतिविधि बलियो भएकाले त्यसलाई केन्द्रमा राखेर सुरक्षा मजबुद बनाउने रणनिति गोष्ठिले गरेको छ। विव्लव समूहका गतिविधि र शान्ति सुरक्षामा खलल पु-याउने जस्तोसुकै कार्यलाई रोक्ने गरि सुरक्षा रणनीति गोष्ठिले तय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले बताए। मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलन सचिव खरेलले गोष्ठिमा विप्लव समूहसहित अन्य आपराधिक गतिविधिको डटेर सामना गर्ने गरि सुरक्षा रणनीति मजबुद बनाउने निर्णय भएको समेत जानकारी गराए।

    दाङलगायतका जिल्लाबाट विव्लवका उच्च स्तरिय नेता कार्यकर्ता गिरफ्तार हुनु र उक्त समूह परित्याग गर्दै जानुलाई भने प्रहरीको सफलता मानेको छ। द्धन्द्धकालिन हतियार पक्राउ पर्नु, प्रहरी प्रशासनले विप्लव कार्यकर्ता पक्राउ गर्दै गएकाले अब अवस्था सामान्य हुँदै गएको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको छ। सुरक्षा गोष्ठिका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री केसीले भने –‘परिवर्तन विरोधी गतिविधि हुन्छ, तर यसको सामना सजिलै हुन्छ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…