काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उमेदवार टुंग्याएको छ ।
बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको पदाधिकारी बैठकले उपनिर्वाचनका लागि उमेदवार टुंग्याएको हो ।
प्रतिनिधिसभाको उपनिर्वाचन हुन लागेको कास्की–२ मा खेमराज पौडेल र प्रदेशसभाको उपनिर्वाचन हुन लागेको बागलुङ–२ (ख) मा जीत शेरचन, दाङ–३ (ख) मा केशव आचार्य र भक्तपुर–१ (क) मा कृष्ण भंडेललाई उमेदवार बनाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।