• उर्लाबारी । चर्चित रियालिटी सो ‘द भ्वाईस अफ नेपाल सिजन २ ’ मा टप १२ मा पुग्न सफल मोरङ उर्लाबारीकी मेचु धिमाललाई बिजय गराउने उदेश्यले ‘मेचु धिमाल जिताउ अभियान समिती गठन गरिएको छ ।
    आज मोरङको उर्लाबारीस्थित धिमाल जाति विकास केन्द्रमा भएको भेलाले युवा व्यवसायी तथा समाजसेवी सर्वजित भण्डारीलाई जिताउ अभियानको संयोजकमा चयन गरेको छ ।


    अभियानको सहसंयोजकमा भिष्म बुढाथोकी,सचिवमा मातृका धिमाल, सह—सचिवमा सविता धिमाल, अर्थसचिवमा बिजय धिमाल र प्रचार प्रसार संयोजकमा तेजन खड्का रहनुभएको छ ।
    समितीको सदस्यमा रोमान्सी धिमाल,राजेन्द्र धिमाल,शंकर निरौला,लक्ष्मीकुमार तामाङ लगायत रहनुभएको छ ।
    समितीको संरक्षकमा उर्लाबारीका मेयर खड्गबहादुर फागो,उपमेयर लक्ष्मीदेवी भण्डारी र धिमाल जाति विकास केन्द्र र सञ्चार क्लव नेपाल रहेको छ ।


    अभियानको सल्लाहकारमा लोमिम पोमु,हेमराज गुरुङ,राजकुमार योञ्जन, पूर्ण सिंगक, पत्रकार सरोज बस्नेत, राजु लामा, प्रेम याक्खा, प्रितम खड्गी, सुन्दर श्रेष्ठ,सन्जिब बुढाथोकी,घनश्याम भण्डारी लगायत रहनुभएको छ ।
    अभियानका संयोजक सर्वजित भण्डारीले उर्लाबारीको चेली मेचु यो स्थान पुग्न सफल भएकोमा खुशी प्रकट गर्दै भोट गरेर बिजय गराउन अपिल गर्नुभएको छ । उर्लाबारी लगायत बिभिन्न गाउँटोल र संघसंस्थासँग सहकार्य गरेर मेचुलाई जिताउन अघि बढ्ने उहाँको भनाई छ । समिती गठन कार्यक्रममा मेचुको बुबा सन्तुलाल धिमाल र आमा गीताकुमारी धिमालको पनि विशेष उपस्थिती रहेको थियो भेला धिमाल जाति विकास केन्द्रका महासचिव केदार धिमालको सभापतित्वमा भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…