• मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि कास्कीमा आज बिहीवार उम्मेदवारी दर्ता गरिएको छ ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तर्फबाट स्व. रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई उम्मेदवार बनेकी छन् ।

    विद्याको झोला बोकेर पछाडि हिँडिरहेका ब्यक्तिको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तर यथार्थ भने अर्कै छ , प्रकाश सुबेदीले सामाजिक सन्जालमा स्पष्ट पार्दै लेखेका छन्,

    यो झोला बोक्ने अरु कोहि नभएर स्व रविन्द्र अधिकारीका माहिला भाइ दिपेन्द्र अधिकारी हुन् । एकातिर दाजु गुमाउनुको पीडा र अर्कोतिर बुवा आमा,भाइ बहिनी,भाउजू छोराछोरी लगायत परिवार सम्हाल्नु पर्ने जिम्मेवारी अहिले दिपेन्द्रको काँधमा छ। लामो समयदेखि जापानलाई आफ्नो कर्मथलो बनाउँदै आएका उनी अहिले चुनावमा होमिएकी भाउजूलाई सहय‍ोग गर्न नेपाल आएका हुन् । अब केहि दिन यसै गरि झोला मात्र हैन अप्ठेरा पर्दा आमा र दिदी समानकी भाउजूलाई पिठ्युमा समेत बोक्न तयार छन् र यो एउटा अशल देवरको दायित्व पनि हो।

    अबका केहि दिन दाजुका बाँकी सपनाहरु पूरा गर्न बिद्या भाउजूको पछि पछि हिडिरहन्छन । विधा भट्टराईलाई विधवा महिला मात्र भनेर साहनुभूतिको रुपमा हेर्नुभन्दा पनि एक शिक्षित र राम्रो राजनीतिक संस्कारमा जन्मिएकी, हुर्किएकी सक्षम र योग्य उमेद्वारको रुपमा हेर्न अनुरोध गर्दै भोलि वहाँलाई राष्ट्रले मन्त्री नै बनायो भने पनि अश्वभाविक नठान्न अनुरोध गर्दछु । त्यो सम्भावना र योग्यता दुवै छ वहाँमा।विजयको लागि अग्रिम बधाई।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…